धरानमा एयरपोर्ट बनाउन प्रक्रिया अघि बढाइने
धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा एयरपोर्ट निर्माणको लागि प्रक्रिया अगाडि बढाउने भएको छ । विमानस्थल निर्माणको लागि धरानबासीको तर्फबाट काठमाण्डौं गएको एक टोलीले पर्यटन तथा उड्यान मन्त्रीसागै प्राधिकरणका महानिर्देशकसाग भेटमा प्रक्रिया अघि बढाउन सहमत भएको हो ।
प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले धरान विमानस्थलको सर्भेको काम छिट्टै शुरु हुने बताए । धरान एयरपोर्ट सरोकार समितिले सोमबार पर्यटन तथा नागरिक उड्यान मन्त्री लोकेन्द्र विष्ट मगरलाई भेटेर विमानस्थल सञ्चालनका लागि दवावस्वरुप संकलित ३० हजार भन्दा बढी स्थानीयवासीको हस्ताक्षर बुझाएको थियो । समितिका पदाधिकारीहरुसँगको भेटमा मन्त्री विष्ट मगरले धरानमा विमानस्थल सञ्चालनका लागि सवै प्रकृया अघि वढाउन आफूले प्राधिकरणलाई निर्देशन दिइसकेको जानकारी गराएको सरोकार समितिका संयोजक मनोज भट्टराइले बताए । उनका अनुसार मन्त्री विष्टले प्राविधिक टोली चाडै धरान पठाएर सम्भाव्यताको अध्ययन गर्ने बताएका थिए ।
धरानमा विमानस्थल सञ्चालनको अवस्थाका वारेमा वुझ्न मन्त्री विष्टमगर पुष तेस्रो साता प्राविधिकसहित धरान आएका थिए । एयरपोर्टको माग गदै धरानका पूर्व मेयर मनोज कुमार मेन्याङ्वो,धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, धरान नगरपालिकाका पूर्व मेयर ध्यान वहादुर राई, एकिकृत नेकपा माओवादीका धरान नगर इन्चार्ज चोत्लुङ्ग मेन्याम्बो, नेपाली काग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा लगायतको टोली मन्त्रालयमा गएका थिए । सो टोलीले नगरपालिकाको एयरपोर्ट निर्माणको माग गदै पठाएको प्रतिवद्धता पत्रसमेत मन्त्रालयमा बुझाएको थियो ।
धरानमा एयरपोट सञ्चालन गर्ने विषयमा लामो समय देखी पहल भइ रहेपनि विराटनगरको विरोधको कारण सञ्चालन हुन नसकेको चर्चा चल्दै आएको छ । तर हाल सरकारले एक जिल्ला एक विमानस्थल भन्ने नीति अघि सारेपछि धरानमा विमानस्थल बन्ने सम्भावना देखिएको नेपाली कााग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले बताए ।












धरान, नेपालको प्रमुख पर्यटन क्षेत्र तथा शहरहरु मध्ये एक हो | पूर्वान्चल क्षेत्रका पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम धनकुटा संग प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्दछ धरानले | त्येसैले स्वागत योग्य कदम हो | यसलाई कार्यान्वयन गर्न गराउन अनि सुबिधा सम्पन्न ( अन्य विमानस्थल भन्दा ब्यबस्थित गर्न) सम्पूर्ण धरानबासी तथा माथि उल्लेखित जिल्लाबासी कम्मर कसेर जुट्न जरुरी छ |
धरान पुर्वान्चल्कै सुन्दर शहर नभएर नेपालकै एक प्रतिष्ठित, व्यवस्थित र अति स्वच्छ सुन्दर नगरी हो त्यसकारणले यस ठाउमा अन्तरास्ट्रिय विमानस्थल नभए पनि राष्ट्रिय विमानस्थल हुन अति जरुरत छ र यसको लागि धरान बासीले मात्रै नबुझेर हामी सम्पूर्ण नेपाली दाजु भै तथा दिदी बहिनेहरु एक जुट भै हातमा हात र काधमा काध मिलाई अगाडी बढ्नु हरुरी छ i धन्यवाद !
धरान मा पनि एरपोर्ट बनाउन पहल गरिरहनु भएको पहल कर्ता बुद्दिजिबीहरु लाई धेरै धेरै धन्यबाद छ.
ल है अब चाहि हाम्रो धरानमा पनि विमानस्थल बन्ने भो कि क्या हो गाँठे तर —– बाचुन्जेल आफ्नो शक्तिको दुरुपयोग गरेर धरानमा विमानस्थल बन्न दिएनन बकुला मुर्दाले, कतै मरेपछि पनि उसको दुष्ट आत्माले फेरी यस कार्यमा वाधा त पुर्याउदैन ? त्यसको लागि हाम्रा नाक्छोंग येबाहरुको मन्त्रको पनि सदुपयोग गर्नु पर्ला कि कसो? धराने साथीहरु हो |
अहिले त बियर छैन त के मज्जा भो होला भन्ने पनि हाम्लाई लाइराछ
म एक धराने स्थाई बासिन्दा को नाताले यस कुरोमा मेरो पनि जोडदार समर्थन छ / धरान आन्तरिक उडानको लागि मात्र होइन अन्तरास्ट्रिय स्तरको हवाई मैदान बनाउन उपयुक्त ठाउ हो /
धरान मा एउटा विमानस्थल हुनु आवस्यक नै छ