Events  

यात्रा जारी छ...

यसपटक अनाम धरानले पूर्वाञ्चलका धनकुटा, तेह्रथुम, झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका विभिन्न ठााउको यात्रा गर्‍यो । यात्राको साथमा थियो- यात्रा जारी छ ...<br>
७ भदौ देखि भेडेटारको चिसो मौसमसागै शुरुभएको यात्रा.. धनकुटा, बसन्तपुर, इलाम, हडिया बुधवारे, विर्तामोड हुदै दमक, पथरी, बेलवारी, विराट चौक र ईटहरी जस्तो तातो मौसमसम्म जारी रहयो । १२ भदौमा धरानका विभिन्न चौकमा पुगेको यात्रा अहिले रोकिएको छ । केही दिन पछि यात्रा पूनः अघि बढछ, उदयपुर, सप्तरी, सिरहा लगायतका जिल्लामा । <br><br>

यात्रा जारी छ .............को यात्रा फरक खालको थियो, यस अर्थमा पनि कि, गाउका साधारण जनता, जसले देशको चर्चित विषय र्सविधानसभाको अर्थ बुझेका र्छैनन अझ पनि । तिनै जनतालाई सचेत गराउने ध्येय थियो, यात्रा जारी छ को । डवली थिएटरको सहयोगले सम्भव भएको यो यात्रामा थिए मदन गुप्ता, राजेन्द्र रिमाल, सुवास थापा, सुरज थापा, अल्पना कर्माचार्य, विनोद सुव्वा, कृष्ण आचार्य, सुर्यमान गुरुङ र शीला चेम्जोङ अनि यात्राका दृष्यहरु कैद गर्दै थियो यो पंक्तिकार ।

 

 
























 

 

 
 
© Copyright clickdharan.com
Articles, photos, songs may not be reproduced in any form without written permission from clickdharan.com.
Website development, mainagement and promotion by: clickdharan.com Team

Webstats4U - Free web site statistics Personal homepage website counter