Insights

पोखरा पराजित

2010-02-07 [ 1 ] comments

धरान । पोखरा 11 लाइ हराउदै युके फुटवल क्लब, दार्जिलिङ धरानमा जारी 12 आै अन्र्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा शनिबार सम्पन्न खेलमा 3-2 गोल अन्तरले पोखरालाइ हराउदै युके क्वार्टरफाइनल पुगेको हो ।

युकेको लागि मध्यान्तर अघिको खेलको 22 आै मिनेटमा रितेश प्रधान गोल गदै खाता खेलेका थिए । नगेन लामाको पासमा रितेशले गोल गरेका थिए । तर, 24 आै मिनेटमा पोखराका विण्णु केसीले गोल गदै खेल बराबार बनाएका थिए । एक एक गोलको बराबरीमा सकिएको मध्यान्तर अघिको खेलमा दुवै टिमले थुप्रै गोल गनरे अवसर खेर फालेका थिए । मध्यान्तरपछिको 20 आै मिनेटमा खर्साङका कुमार मंग्रातीले गोल गदै टिमलाइ 2-1 को अग्रता दिलाए । 30 आै मिनेटमा खर्साङका अमिर लामाले पुन: गोल गदै गोल अन्तर 3 -1 को बनाएका थिए । मध्यान्तरपछिको 40 आै मिनेटमा खर्साङका अर्पण राइले पोखराका गणोश खड्žकालाइ लडाएपछि रेफ्रीले अर्पणलाइ रेड कार्ड दिएर बाहिर पठाए भने पाएको पि्र किकमा पोखराका दिपक भुषलले गोल गरेर खेल 3-2 को स्थितिमा बनाए । त्यसपछि दश जना खेलाडी मात्रै मैदानमा भएपनि पोखराले थप गोल गर्न सकेनन् । खेलमा खर्साङका अमिर लामा म्यान अफ दि म्याच घोषित भए ।

खेलाडीहरुको तालमेल नभएको र चार जना खेलाडी शनिबार नै बस यात्राबाट धरान आएको कारण थकानले राम्रो खेल्न नसक्दा हार व्यहोरेको पोखराका प्रशिक्षक कुमार गुरुङले बताए । खर्साङका प्रशिक्षक दिंकर क्ष्त्रीले खेलाडीहरुले राम्रो खेल्न नसक्दा गोल गनरे थुप्रै अवसर खेर गएको बताए । आइतबारको खेल एएचएम काम्रुजामुन श्रीती संसद, बंगलादेश र एन्फको यु 16 बीच हुने आयोजकले बताएको छ ।

Comments:

very good
Drop your comments