Insights

रिकभरिङका 20 युवा मोष्ट वान्टेडमा

2010-02-20 [ 26 ] comments

धरान । प्रहरीले रिकभरिङ सम्बद्ध 20 युवाहरुलाइ मोष्ट वाण्टेडको सुचीमा राखेर खोजी तीब्र बनाएको छ । ती युवाहरुले गत सोमबार इलाका प्रहरी कार्यालयमा आत्रmमण प्रयास गरेको अभियोगमा मुद्दा चलाउने तयारीसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आत्रmमणमा संलग्न भएका युवाहरुको खाजीमा बिशेष अप्रेशनसमेत शुरु गरिसकेको छ । ती युवाहरु पत्रmाउ गरन प्रहरीले सादा पोशाकमा समेत ठुलो संख्यामा प्रहरी परिचालन गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार सोमबार रातीको घटनामा करिब सय रिकभरिङ युवाहरु संलग्न थिए । प्रहरी स्रोतका अनुसार मोष्ट वाण्टेड सुचिमा धरान 19 का तारा राइ, दिवस राइ, प्रकास राइ पट्žटे, सन्तोष राइ रोबट, मिलन राइ र बिन्दे राइ छन । यसैगरि, धरान 19 का अरजुन लिम्बु भmोके, रतन लिम्बु, सुमन लिम्बु लिङ्žगुरे, शुत्रmराज राइ र चित्र लिम्बु रहेका छन् ।

यसैगरि, धरान 13 का आविष्कार लिम्बु र विवेक लिम्बु, धरान 16 का जोन राइ, धरान 3 का सुरज हलवाइ कैची र विजय श्रेष्ठ, धरान 12 का होम खवास, दिनेश लिम्बु चस्मे र सुरेन श्रेष्ठ र धरान 8 का राजकुमार राइ रहेका छन । प्रहरी स्रोतका अनुसार यी युवाहरुलाइ विगतका विभिन्न अपराधका घटनामा मुछेर थप कार्वाही गरिनेछ ।

कियाचु पुर्नजिवन केन्द्र, सुनौलो विहानी प्लस, धरान पोजेटिभ समुह, प्रयास महिला समुह, दृष्टि नेपाल, नयाँ छितिज केन्द्र लगायत संस्थाले संयुत्तmरुपमा विज्ञप्ती जारी गरी प्रहरीले रिकभरिङ भएकै आधारमा निर्दोष युवाहरुलाइ पत्रmाउ गरने तथा मानसिक तनाव दिएको आरोप लगाएको छ । ती संस्थाहरुले असहज परिस्थितिको समाधान गरन अधिकारकर्मी, नागरिक समाज एवं राजनैतिक दलहरुसँग आग्रह गरेको छ ।

गत सोमबार अघिल्लो दिनको विवाद मिलाउन इलाका प्रहरी कार्यालय स्थानीय युवाहरुको दुइ समुहबीच भmडप भएपछि प्रहरीले रिकभरिङ नेपालका पुर्वाञ्चल संयोजक गोकुल राइसहित 5 जनालाइ पत्रmाउ गरेको थियो । संयोजक राइलाइ छाड्žन दबाब दिदै सोमबार राती रिकभरिङ युवाहरुले इलाका प्रहरी कार्यालय घेराउ गदै प्रहरीमाथि ढुंगामुढा गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले धरानमा व्यापक प्रहरी परिचालन गरेर घटनामा संलग्न युवाहरुको खोजी तीब्र बनाएको छ ।
Drop your comments