Insights
कलाकार यासेलीलाइ उपचार खर्च अभाव
2010-02-21 [ 0 ] commentsधरान । विभिन्न चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेका कलाकार यासेली योङहाङ आर्थिक अभावले मृगौलाको शल्यत्रिmया गराउन सकेका छैनन् । कलाकार योङहाङको मृगौला शल्यकि्रया गर्न तत्काल साढे तीन लाख रुपैया आवश्यक भएपनि उनले जुटाउन नसक्दा उपचारमा समस्या भएको छ ।
कलाक्षत्रबाट कमाएको पारिश्रमिकले घर व्यावहार धान्न मात्रै पुग्ने भएकोले उपचारको लागि खर्च नभएको उनले बताए । "यति लामो समय कलाकार मात्रै भएछु, पैसा कमाउने र जोहो गरनेबारे त ध्यानै दिएको थिइन"(कलाकार योङहाङले भने । पाँचथरको नागीमा जन्मिएका यासेलीले अभिनयको यात्रा थालेको 25 बर्ष भैसकेको छ । उनले लिम्बु भाषा एवं सँस्कृतिको चर्चित चलचित्र नुमाफुङ, चेसुङका साथै विभिन्न टेलिसिरियल र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल उनी गुडबाइ काठमाण्डौं र क्लब लिभ चलचित्रमा समेत अभिनय गरिरहेका छन् । उनले रचना गरेका करिब डेढ सय गीतहरु रेकर्ड भैसकेको छ भने लिम्बु भाषाको पाँच वटा एल्वम मासेमी, बलिहाङतङनाम, सेप्माङ मिक्तोक वजारमा आइसकेको छ ।
यासेलीका अनुसार शुरुमा उनको मृगौलामा पत्थरीया भएको थियो । उनको ललितपुरस्थित पाटन अस्पतालमा चिकित्सक डा बिजय कुमार जैसवालले गरेको शल्यकि्रया असफल भएको थियो । त्यसपछि पुन: हिमाल अस्पतालमा पिसिएनएल प्रविधिवाट डा असोक राणाले उपचार गरेपनि असफल भएपछि उनको शल्यकि्रया गरेको मृगौला सुकेर काम नलाग्ने भएको छ । हाल, उनको अर्को मृगौलाले पनि 40 प्रतिशत काम गर्न छोडेको छ । यासेली हाल राजधानीको जोरपाटीमा डेरा लिएर वसेका छन । उनको एक छोरी र श्रीमती छन् । उनलाइ राम्ररी हिडडुल गर्न पनि समस्या भएको छ । उनले कमलपोखरी स्थित हिमाल अस्पतालमा उपचार गरिरहेका छन् । नियमित आैषधी सेवनका साथै एनोट्रफिक प्रविधिवाट थप उपचार गर्न उनलाइ साढे तीन लाख आवश्यक छ । उपचारमा सहयोग गर्न उनले कलाकार, नागरिक समाज, मानवअधिकारकर्मी एवं सञ्चारकर्मी सबैलार्इ आग्रह गरेका छन् ।
