Insights
बेलायती सेनाका करपोरल निराहार भुतपस्यामा
2010-03-01 [ 3 ] commentsधरान । बेलायती सेनामा सेवारत एक गोर्खा सैनिकले सोमबारदेखि धरानमा 9 दिन लामो निराहार भुतपस्या शुरु गरेका छन् । बेलायती सेनामा क्युओजिएलआर डिपार्टका करपोरल 40 बष्रीय नगेन्द्रराज नेम्बाङ्गले धरान 8 स्थित सभागृहमा खनिएको खाडलभित्र भुतपस्या शुरु गरेका हुन् । "संसारलाइ बदल्नु छ, शुरु आफैबाट गनर्ु छ" भन्ने मनोत्रmन्ति अभियानको नारालाइ साकार पार्न उनी कठोर भुपतस्यामा बसेका हुन् ।
उनको भुतपस्याको लागि सभागृह प्राङ्गणमा 9 फिट गहिराइ, 9 फिट गोलाइ र 9 फिट चौडाइ भएको खाडलमा खनिएको छ । नौ दिनको अवधिमा उनले प्रत्येक 24 घण्टामा एक लिटर पानी मात्रै पिउने बताइएको छ । हरेक व्यत्तिभित्र असिमित क्षमता हुन्छ र त्यसलाइ जगाएर जिवन, जगतको खातिर आफुलाइ सर्मपण गर्नुपर्छ भन्ने शिक्षा दिन उनले भुतपस्या गरेको बताइएको छ । भुतपस्याकै लागि उनी फोक्ल्याण्ड टापुबाट फेब्रुअरी 23 तारिखमा नेपाल आइपुगेका हुन । उनी एक महिना यतै रहने परिवारजनले बताएका छन् । पाँचथर, इम्बुङ्ग घर भएका नेम्बाङ्ग सन् 1991 मा बेलायती सेनामा भर्ती भएका थिए । अब उनले अवकाश पाउन मात्रै तीन बर्ष बाँकी छ । उनी विगत 7 बर्षदेखि मनोत्रmन्ति अभियानमा सत्रिmय छन् ।
जीवन भित्र असीम शत्ति र उर्जा छ भन्ने प्रमाणित गर्न र कुलत, विकृति उन्मुख युवाहरुलाइ आनन्द आफैभित्र छ भन्ने चेतना दिलाउन नेम्बाङ्ग भुतपस्यामा बसेको मनोत्रन्ति अभियानका विदेश विभाग प्रमुख एवं निराहार भुतपस्या कार्यत्रmमका संयोजक गजेन्द्रराज नेम्बाङ्गले बताए । भुतपस्याले युवाहरुलाइ लक्ष्यसहितको जिवन जिउन र आफुभित्र रहेको शत्ति एवं उर्जा महशुस गनर्ुका साथै असीम आनन्द प्राप्ति गर्न प्रेरित हुने उनको भनाइ छ । "जीवन समस्याको पोको होइन, एक महान् अवसर हो, त्यसलाइ सदुपयोग गर्न जान्यो भने जीवन आनन्द नै आनन्द छ"(उनले भने("यो भुतपस्याले जीवन र जगतलाइ हेनर्े दृष्टिकोणमा आमुल परिवर्तन ल्याउनको लागि आफैबाट शुरु गनर्ुपर्छ भन्ने नजिर बसाउन आयोजना गरिएको हो ।"
गोर्खा भुपु सैनिक संघ(गेसो) सुनसरीका सभापति गजेन्द्र इस्वोले नेम्बाङ्गको निराहार भुतपस्या साहसिक कार्य भएको प्रतित्रिmया दिए । "संसार बदल्नु छ भने शुरु आफैबाट गर भन्ने उद्žगार नै मलाइ मन पर्žयो । उनको यो कार्यले युवाहरुमा पक्कै पनि सकारात्मक सन्देश पुग्छ भन्ने विश्वास लिएको छुँ"(इस्वोले भने ।
Comments:
It's really great job for all Limbus who r living in eastern Nepal.
keep it up bro......!!!!!!!!!!!!!!!!!
Shut up you idiot like to talk about all Limbus. Not all Limbus, not you, not we. All Nepalese brotherhood. Whatever he is doing may good for him and good for country.
what's the point? i think this person is a very sad person.
