Insights

गोकुल राइ रिहा, 50 जना प्रहरी फर्काइयो

2010-03-01 [ 4277 ] comments

धरान । फागुन 3 गते इलाका प्रहरी कार्यालय भित्रै युवाहरुको दुइ समुहबीच भmडप भएपछि पत्रmाउ परेका रिकभरिङ नेपालका पुर्वाञ्चल संयोजक गोकुल राइ रिहा भएका छन् । उनीसहित पत्रmाउ परेका पाँच युवाहरुलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता गराएपनि गोकुल धरौटीमा रिहा भएका हुन् । अन्य तीन जना पनि यसअघि नै धरौटीमा रिहा भैसकेका थिए भने अब बाबाकाजी राइ मात्रै जिल्ला प्रहरीको हिरासतमा रहेका छन् ।

यसैबीच, सो घटना पछि अपराधिक त्रिmयाकलाप नियन्त्रण गर्न पुर्व क्षत्रीय प्रहरी कर्यालय विराटनगरबाट आएको एक टोली फकिएको छ । फागुन 5 गते आएको 50 जना प्रहरीको टोली आइतबार फर्किएको एसएसपी मिङमार लामाले जानकारी दिए । तर, धरानमा केही घटना भएमा वा आवश्यकता महशुस भएमा तत्काल सो टोली आउने उनले बताए । घटना पछि इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी उमाशंकर पञ्जियारको कमाण्डमा अढाइसय थप प्रहरी धरानमा परिचालन गरेर बिषश अप्रेशन शुरु गरिएको थियो । सो अप्रेशनलाइ भने निरन्तरता नै दिइने एसएसपी लामाले बताए । धरानमा अभmै पनि ठुलो संख्यामा सादा तथा युनिफर्मसहितका प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रेम दिवसमा भएको सामान्य विवाद मिलाउन इप्रका आउने त्रmममा भएको प्रहरी कार्यालय हाता भित्रै फागुन 3 गते भmडप भएको थियो । सो भmडप पछि गोकुलसहित पाँच युवा पत्रmाउ परेका थिए । विवाद मिलाउन आएका गोकुल राइलाइ नै प्रहरीले पत्रmाउ गरेको भन्दै सोही राती सयभन्दा बढी रिकभरिङ युवाहरुले इलाका प्रहरी कार्यालय घेराउ गरने त्रmममा प्रहरीसँग भmडप भएको थियो । त्यसको भोलीपल्ट देखि घटनामा संलग्न रिकभरिङ युवाहरुको खोजीमा धरानमा व्यापक प्रहरी परिचालन भएको थियो ।
Drop your comments