Insights

लिम्बुवानले छाँया सरकार बनाउने

2010-03-03 [ 12 ] comments

धरान । तोकिएको समयभित्र अर्थात आगाममी जेठ 14४ मा नयाँ संविधान जारी नभए मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण पुर्वी 9 जिल्लामा छाँया सरकार सञ्चालन गरने चेनवानी दिएको छ । परिषदको तीनदिन लामो दोस्रो विस्तारित वैठकपछि निर्णयहरु सार्वजनिक गर्न बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष कुमार लिङ्žदेनले त्यस्तो चेतावनी दिएका हुन् ।

तोकिएको समयभित्र संविधान नबन्ने षडयन्त्र भैरहेको दाबी गदै उनले छाँया गठनको लागि परिषदले आन्तरिकरुपमा तयारी गरिरहेको समेत बताए । 'जेठ 14 भित्र संविधान नबने वा नबन्ने षडयन्त्र भएमा लिम्बुवान क्षत्रमा हामी छाँया सरकार घोषणा गछौं, यसको तयारी स्वरुप हामी आवश्यक संयन्त्र निर्माणमा जुटेका छौं'(उनले पत्रकार सम्मेलनमा भने । मुकुकको राष्टिय राजनीतिमा सरकार परिवर्तन र नेतृत्वको बहस चलिरहेको सन्र्दभमा उनले ठट्žटाको शैलीमा अबको राष्टिय सरकारको नेतृत्व परिषदले पाउनु पनर्े दाबी गरे । मुलुक संघीय संरचनामा जाने निश्चित भैसकेको अवस्थामा वर्तमान सरकार संघीय विरोधी भएकोले राष्टिय सरकारको नेतृत्व आफुले पाउनुपनर्े उनले बताए । पत्रकार सम्मेलनमा सरकारको नेतृत्व दाबी गरिरहदा भने उनी जोडले हाँसीरहेका थिए ।

'अबको राष्टिय सरकारको नेतृत्व हामीले पाउनु पर्छ । प्रधानमन्त्रीको दाबी हामी गछौं'(जोडले हाँस्दै उनले यसो भने । पत्रकारले पुन: गम्भीर हुदै प्रश्न गरेपछि भने उनी सर्तक हुदै यसो भने('वर्तमान सरकार विदेशी इसारामा बनेको संघीयता विरोधीहरुको सरकार हो, यसले एकात्मक राज्य संरचनाको पक्षपोषण गर्छ । त्यसैले अब मेची देखि महाकालीसम्मको हामी जस्तै गणतन्त्रवादी, संघीयतावादी शत्तिहरु एकजुट भै ठुलो शत्ति निर्माण गछौ र सरकारको नेतृत्व संघीयवादीलाइ देउ भनेर भन्नेछौं ।'

लिम्बुवान नबन्ने षडयन्त्र भएमा निण्रायक आन्दोलन गरने पनि उनले चेतावनी दिए । लिम्बुवान टुत्रmाउने षडयन्त्र भैरहेकोले जनमत सृर्जना गर्न परिषदको जेठ 16, 17 र 18 गतेको दोस्रो विस्तारित बैठकले जागरण अभियान सञ्चालन गरने निर्णय भएको उनले सुनाए । परिषदले अभियान अन्र्तगत जिल्ला जिल्लामा मिशन टोली पठाउने निर्णय गरेको छ । वैठकले मोरङ, भmापा, सुनसरीलाइ मिशन जे.एम.एस र धनकुटा,संखुवासभालाइ मिशन डि.एस.नामाकारण गरी त्रmमश: 9 र 4 वटा टोली खटाउने निणर्य गरेको बताए । यसैगरि, चैत 25 गते धनकुटाको पाखि्रबास र चैत 27 गते संखुवासभाको खाँदबारीमा विशाल आमसभा गनर्े निर्णय भएको पनि उनले बताए ।
Drop your comments