Insights

साउदीमा नेपाली चेलीलाइ यातना

2010-03-04 [ 93 ] comments

धरान । भारतीय बाटो हुँदै साउदी पुर्žयाइएकी एक नेपाली युवतीले काम गरने घर मालिकबाट चरम यातना पाइरहेको खुलेको छ । घरायसी काममा लगाइदिने प्रलोभनमा भारतीय बाटो हुदै साउदीमा पुर्žयाइएकी धरान ७ शुत्रmपथकी २६ बष्रीय लक्ष्मी परियारले यातना पाइरहेको उनको परिवारले बताएको छ ।

श्रीमान् लोकेन्द्र चौधरीका अनुसार सात महिना अघि साउदी पुगेकी लक्ष्मीलाइ घरमालिकले तलाइ किनेर ल्याएको भन्दै हालसम्म तलब नदिइ शारिरीक यातना दिएर राखेका छन्ž । 'घरमालिकले तलाइ किनेर ल्याएको भन्दै कुटपिट गर्दो रहेछ । हिजै पनि फोन गरेर मलार्इ यहाँबाट छिटो निकाल नत्र मार्छ भनेर रोइ'(श्रीमान लोकेन्द्रले भने । उनका अनुसार ७ महिना अघि सुनसरीको चत्रmघटी ४, पिपलचोकका एजेन्ट सन्ते राइले लक्ष्मीलार्इ भारतीय बाटो हुदै साउदी लगेका हुन्ž । घरको सजिलो काम र मासिक 10 हजार तलब पाइने प्रलोभन दिएर एजेन्ट राइले फ्रिभिष्ाामा लक्ष्मीलाइ साउदी पुरयाएका थिए ।

साउदी पुगेको महिना दिनमै लक्ष्मीले फोन गरेर घरमालिकले तलार्इ किनेर ल्याएको भन्दै तलब नदिएको र कुटपिट गर्न थालेको जानकारी घरमा दिएका थिए । त्यसलगत्तै लोकेन्द्रले एजेन्ट राइ विरुद्ध चत्रmघट्žटी प्रहरी चौकीमा जाहेरी दिएपनि फरार रहेका एजेन्ट हालसम्म पत्रmाउ परेका छैनन् । लोकेन्द्र यातायात मजदुरकोरुपमा काम गर्छन् । उनीहरुको 4 र डेढ बर्षकी दुइ छोरी छन् ।

{तस्वीरमा श्रीमान लोकेन्द्रसँग लक्ष्मी}
Drop your comments