Insights

इन्फोटेकमा करोड बढी कारोबार

2010-03-07 [ 1 ] comments

धरान । प्रथम पुर्वाञ्चलव्यापी क्यान इन्फोटकमा तीन दिनको अवधिमा एक करोड भन्दा बढीको कारोबार भएको छ । शुत्रmबारदेखि जारी इन्फोटेकमा एक दिन बाँकी छदै लक्ष्य अनुरुपको कारोबार भएकोमा आयोजक क्यान सुनसरी उत्साही भएको छ । 'तीन दिनको अवधिमा 60 भन्दा बढी त ल्यापटप नै बित्रmी भएको छ, अन्य सामानहरु पनि उतिकै बित्रmी भएको छ'(आयोजक क्यान सुनसरीका अध्यक्ष देवकुमार सुब्बाले भने('यसले हामी आयोजक र स्टल राख्ने कम्पनी, व्यावसायीहरुलाइ उत्साह र सन्तुष्टि दिएको छ ।'

सर्वसाधारणहरुलार्इ सुचना प्रविधिको नयाँ आविष्कारबारे जानकारी दिन तथा शुलभ मुल्यमा सामान उपलब्ध गराउन आयोजित इन्फोटेकमा युवा तथा विद्यार्थीहरुको घुइचो लागेको छ । टिकट काटेरै भएपनि उनीहरु विज्ञान, प्रविधि तथा सुचनाका नयाँ आविष्कारबारे जान्न उत्सुक देखिएका छन् । त्यसपछि विभिन्न कार्यालयका आइटिसँग सम्बन्धित व्यत्तहिरुले इन्फोटेकको अवलोकन गरेको आयोजकले बताएको छ । 'टिकट काटेरै पनि अवलोकन गनर्ेहरुमा विद्यार्थीहरु धेरै छन्ž, त्यसपछि अफिसियल व्यत्तिहरुले पनि इन्फोटेकमा चासो दिएका छन्ž'(क्यान सुनसरीका महासचिव रामकुमार राइले भने । तीन दिनमा करिब 35 हजारले इन्फोटक अवलोकन गरेकामा पचास प्रतिशत विद्यार्थीहरु भएको उनले बताए ।

स्टल राखेका व्यावसायीहरुका अनुसार पनि इन्फोटकमा हालसम्म सन्तोषजनक कारोबार भएको छ । 'अवलोकन गनर्ेहरु बढी छन्ž । तर, कारोबार पनि राम्रै भइरहेको छ'(नेट फोन, डिभाइसलगायतको बित्रmेता डिजिटल एलका सरोज श्रेष्ठले भने('हाम्रैबाट पनि दैनिक 30 देखि 40 हजारसम्मको कारोबार भैरहेको छ ।' काठमाण्डौंबाट आएका साथी कम्प्युटरका सागर श्रेष्ठका अनुसार पुर्वाञ्चलमा पहिलो पटक आयोजना भएकोले खरीद भन्दा अवलोकन गनर्े र जानकारी लिनेहरु बढी छन्ž । 'तरपनि, व्यापार राम्रै भन्नुपर्छ'(उनले थपे । नयाँ प्रविधि र सञ्चारबारे जानकारी मिल्ने भएकाले इन्फोटक महत्वपुर्ण लागेको अवलोकनमा आएका विद्यार्थीहरुले बताए । 'इन्फोटेकबारे टिभी, पत्रिकामा सुनेका मात्रै थियौं, आज प्रत्यक्ष घुम्न, जान्न पायौं । हरेक सामानहरु सस्तोमा पाइन्दो रहेछ'(पब्लिक उच्च माविका कक्षा 12 मा अध्ययनरत निश्चल पाण्डेले भने ।

नयाँ नेपाल निर्माणको आधार सुचना प्रविधि सबैको सरोकार भन्ने नाराका साथ शुत्रmबारदेखी धरानको कलेजरोडमा चारदिने क्यान इन्फोटेक जारी छ । सुचना प्रविधिमा भएको नयाँ विकास र विस्तारबारे जानकारी दिने तथा शुलभ मुल्यमा सामान उपलब्ध गराउने उद्देश्यले आयोजित इन्फोटेकमा विभिन्न कम्पनीहरुका 50 वटा स्टलहरु राखिएका छन् । त्यहाँ बजारमा भन्दा हरेक सामानमा 15 देखि 20 प्रतिशतसम्म कम मुल्यमा सर्वसाधारणहरुले सामान खरीद गनर्े अवसर पाएका छन् । इन्फोटेकमा सिसि टिभी, डिजिटल एल्वम,ल्यापटप, पि्रन्टर, एलसिडि टिभी, खाना पकाउने कम्प्युटर, क्यामेरा, मोवाइललगायतको स्टल राखिएका छन्ž । आयोजकले डेढलाख सर्वसाधारणले अवलोकन गनर्े अपेक्षा लिएको छ।
Drop your comments