Insights

मिलमतोमा रुख काटिए

2010-03-09 [ 0 ] comments

धरान । सुनसरीको बराहक्षत्र 5, खारखोला स्थित बागेश्वरी सामुदायिक वन उपभोत्ता समुहमा अवैधरुपमा रुखहरु काटिएको पाइएको छ । जिल्ला वन कार्यालयको बिशेष निगरानी रहेको बाइस बिघे वन क्षत्रमा पनर्े सो सामुदायिक वनमा एक साता अघि ती रुखहरु काटिएका हुन् ।

स्थानीय उपभोत्ताहरुले भने वन समुहका पदाधिकारी र चतरा रेञ्ज पोष्टका केही कर्मचारीहरुको मिलेमतोमा ती रुखहरु काटिएको बताएका छन् । काटिएका रुखको लडकी हाल सिंहदेवी प्रावि नजीकको खाली जग्गामा घाटगद्žदी गरिराखिएको छ । 'एउटा रुख काट्žन पनि वन कार्यालयबाट लागत उठाएर अनुमति लिएपछि टाँचा लगाएर मात्रै काट्žन पाइन्छ । तर, यी रुखहरु कुनै प्रत्रिmया नपुर्žयाइ त्यतिकै काटिएको छ'(स्थानीय एक उपभोत्ताले भने । उनका अनुसार वन समुहका अध्यक्ष लगायत केही पदाधिकारीले समुहको भवन बनाउन भनेर उपभोत्ताहरुलाइ ढाट्žने काम भैरहेको छ ।

'पहिला पनि समुहको भवन बनाउने भनेर यस्ता रुख त कति काटियो, तर अहिलेसम्म भवन बनेको होइन'(उनले थपे । अवैधरुपमा रुख काटिएको बारे महेन्द्रनगरस्थित इलाका वन कार्यालय र जिल्ला वन कार्यालय सुनसरीमा उजुरी पुगेपनि भित्रभित्रै मिलाउने चलखेल भैरहेको उपभोत्ताहरुको आरोप छ । 'रुख जथाभावी काटिएको बारे इलाका वन र जिल्ला वन कार्यालयमा खबर भैसकेकोछ, एक पटक स्थलगत निरीक्षण गनर्े काम पनि भयो । तर, कार्वाही नगरी भित्रभित्रै मिलाउन खोजिदैछ'(एक उपभोत्ताले भने । समुहका अध्यक्ष एमाओवादी निकट भएकोले पनि माओवादीका स्थानीय नेताहरु उनको संरक्षणमा लागेको उनको भनाइ छ ।

वन समुहका अध्यक्ष भिम कार्कीले भने कसेनी गाउँमा बिजुली पोल लैजान बाधा पुर्žयाएको कारण 5 वटा मात्रै रुखहरु काटिएको स्वीकारे । वन एेनअनुसार प्रत्रिmया पुर्žयाएर काट्žन ढिलाइहुने भएकोले रेञ्जपोष्टका वन कर्मचारीसँग मौखिक सहमति गरेर ती रुखहरु काटिएको उनले दाबी गरे । 'गाउँमा बिजुली लैजान समस्या भएकोले बाटोमा पनर्े रुखहरु काटेका हौं । तर, रेञ्जपोष्टका कर्मचारीसमेतको सहमतिमा नै काटिएको हो'(अध्यक्ष कार्कीले भने । चतरा रेञ्ज पोष्टका रेञ्जर तुलसीलाल यादवले भने आफु भर्खरै मात्र सो रेञ्जपोष्टमा आएकोले केही थाह नभएको बताए ।

इलाका वन कार्यालय महेन्द्रनगरका प्रमुख एवं सहायक वन अधिकृत भोला यादवले वन समुहले कानुन सम्मत रुख नकाटेको पाइएकोले छानबीन भैरहेको बताए । 'ती रुखहरु कानुनसम्मत काटिएका छैन, त्यसैले छानबीन गदैछौं'(अधिकृत यादवले भने । करिब पाँच बर्ष अघि बाइस बिघा वन क्षत्रमा अतित्रmमण गरी घर निर्माण र खेती लगाएपछि जिल्ला वन कार्यालयले प्रहरी प्रशासनको मद्दत लिएर बाली नष्ट गनर्ुको साथै बस्ती हटाएको थियो । त्यसपछि सो बाइस बिघा क्षत्रमा वन कार्यालयले बिषश निगरानी राख्दै आएको छ ।
Drop your comments