Insights

मिनाको लाश भेटियो

2010-03-10 [ 103 ] comments

धरान । जीउदै भेटिने आशामा रहेका सुनसरीको पाँचकन्या 8, देवीस्थानकी 26 बषिय मिना सुब्बाको परिवार शोकमा डुबेको छ । बाह्र दिन अघिदेखि बेपत्ता मिनाको भीरबाट फ्žयाकिएर हत्या गरिएको अवस्थामा शव फेला परेपछि परिवार शोकमा डुबेको हो ।

धनकुटाको भेडेटार गाविस 6 स्थित राजारानी जाने सडकबाट करिब 50 मिटर तल फ्žयाकिएको अवस्थामा मिनाको शव बुधबार प्रहरीले फेला पारेको छ । धरानबाट गएको प्रहरी टोलीका साथै स्थानीयबासी र उनको परिवारले खोजी गर्दा बिहान 9 बजे मिनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा सलग्न धरानका मुकेश सार्की, दिपक श्रेष्ठ र सुजन श्रेष्ठलाइ प्रहरीले पत्रmाउ गरिसकेको छ । उनीहरु पत्रmाउ परेपनि प्रहरीले मिनालाइ भने फेला पार्न सकेको थिएन । पत्रmाउ परेका उनीहरुले प्रहरी समक्ष बेहोस अवस्थाकी मिनालाइ लगेर सामुहिक बलात्कार गरेको र पुन: पहिल्यैकै स्थानमा ल्याएर छाडेको बयान दिएको थियो ।

खोजीमा गएको प्रहरीका अनुसार युवाहरुले बलात्कार पछि मिनालाइ मारने नियतले नै भीरबाट खसालेका हुन् । 'बलात्कारपछि जिउदै अवस्थामा युवतीलार्इ भिरबाट फ्žयाकेको कारण मृत्यु भएको हुनुपर्छ, मिनाको टाउको, जीउ र खुटाभरी चोटैचोट थियो'(वडा प्रहरी कार्यालय धरानका इञ्चार्ज एवं सर्इ विजय राइले भने ।

मिनाको शव फेला परेपछि घटनाका तीन जना अभियुत्तहरुलाइ बुधबार धनकुटा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पीडित र पीडक दुवै सुनसरी जिल्लाबासी भएपनि घटनास्थल धनकुटा जिल्लामा भएकोले अभियुत्तहरुलाइ धनकुटा प्रहरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र विकले बताए । धनकुटा प्रहरीले नै घटनाबारे थप अनुसन्धान गरेर कार्वाही प्रत्रिmया अघि बढाउने उनले बताए ।

फागुन 15 गते शनिबार राती जानेत्रmममा अग्लो डिलबाट लडेर बेहोस भएकी मिनालाइ तीन युवाहरुले भेनमा हालेर लगेका थिए । दुइ दिनपछि मिनाको परिवार र स्थानीयबासीले भेनसहित चालक दिपक श्रेष्ठ र सहयोगी मुकेश सार्कीलाइ पत्रmाउ गरी प्रहरीमा बुभmाइदिएका थिए । फरार भएका भनिएका घटना मुख्य अभियुत्तm सुजन श्रेष्ठलाइ भने प्रहरीले एघार दिन पछि मंगलबार सुनसरीको हाँसपोसा गाविसस्थित वरगाछीमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पत्रmाउ गरेको थियो ।
Drop your comments