धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै आज धरानमा प्रर्दशन भएको छ ।
नेपाललाई लोडसेडिङ मुक्त गर्न योगदान दिएका घिसिङलाई नै पुनः कार्यकारी निर्देशकमा नियुक्ती दिन सरकारले आलटाल गरेपछि धरानमा प्रर्दशन गरिएको हो । अभियन्ता हर्क साम्पाङको नेतृत्वमा भानुचोकमा दिउँसो १ बजे शान्तिपुर्ण प्रर्दशन भएको हो । नेपालमा १८ घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको बेला प्राधिकरणमा नियुक्ती पाएका घिसिङले लोडसेडिङ अन्त्य गरेको र संस्थालाई नाफामा लगेकोले उनको समर्थनमा प्रर्दशन गरिएको साम्पाङले बताए ।
भिडियो:
जनताको आकांक्षा कुलमान घिसिङलाई पुनः नियुक्ती दिनुपर्ने भन्ने भएकोले नेपाल सरकारले जनआकांक्षा अनुरुप निर्णय गर्ने पनि उनले आशा व्यक्त गरे । ‘नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो, र लोडसेडिङले ग्रस्त देशलाई मुक्त गरेर अनवरत विजुली प्रवाह गर्ने व्यक्तिलाई पुर्नवहाली गर्नुपर्छ भनेर सरकारलाई सन्देश दिन, जनआकांक्षा व्यक्त गर्न भेला भएका हौं,’साम्पाङले भने,‘सरकारले जनताको आकांक्षा बुझेर नै कुलमान घिसिङलाई पर्नवहाली गर्नेछ । उहाँले पनि लोडसेडिङ मुक्त नेपाललाई निरन्तरता दिने, र शुरु गरेको आयोजनाहरु पुरा गर्नुहुनेछ ।’
 
  
  
  
 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



