धरान: धरानको सर्दु खोला उत्खनन् रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । 

आज दिउँसो करिब पौने २ बजे सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दा हर्क साम्पाङ नेतृत्वको टोलीमाथि आक्रमण भएको हो । ठेकेदार पक्षका युवाहरुको आक्रमणबाट आधा दर्जन घाइते भएको बताइएको छ । सबैभन्दा बढी राजेश खिम्दुङ घाइते भएका छन् । आक्रमणबाट उनको टाउको फुटेको छ । आज घटनाको बेला भने हर्क साम्पाङ थिएनन् । उनको नेतृत्वमा केही दिनदेखि सर्दु खोला उत्खनन् रोक्ने प्रयास भइरहेको थियो । 

sardu-jhadap3

घाइते खिम्दुङले स्थानीय जनताले पनि गिट्टी बालुवा निकाल्न पाउनुपर्छ भनेर आवाज उठाउदा गुण्डागर्दी शैलीमा आएर आक्रमण गरेको बताए । उनले आफुहरुलाई मार्ने उद्देश्यले नै ढुंगा प्रहार गरेर आक्रमण गरिएको दाबी गरे । ‘बाइकमा गुण्डागर्दीरुपमा आएर ढुंगा प्रहार गरे, हामीलाई मार्न नै खोजेको हो,’उनले भने,‘प्रहरीकै अघि पनि कुट्न खोजे । प्रहरीको पनि डर छैन, सरकारले कडा कारबाही गरोस् ।’ प्रहरीले घाइते खिम्दुङसहित ४ जनालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगेको छ । 

sardu-jhadap2

ठेकेदार पक्षले भने स्काभेटरको अपरेटरलाई कुटेपछि आक्रोशित कामदारहरुले सामान्यरुपमा प्रतिकारमा उत्रिएको दाबी छ । विनिता कन्स्ट्रक्सनका देव क्षेत्रीले भने,‘गाडी, स्काभेटर रोक्दासम्म ठिकै थियो, तर अपरेटरलाई हिर्काएपछि सामान्य दुई चार झापड हानेको हो ।’ ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले केही व्यक्तिहरु नियन्त्रणमा लिइएको र घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताए । 

भिडियो :