धरान : आठौं मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०८३ आगामी फागुन अन्तिममा हुने भएको छ ।
आयोजक एलाइनेट जिम धरानले मंगलबार एमसी कफी हाउसमा पत्रकार सम्मेलन गर्दै फागुन २९ र ३० गते प्रतियोगिता गरे जानकारी दिएको हो । पहिलो दिन प्रि-जजिङ्ग राउण्ड हुनेछ भने दोस्रो दिन फाइनल राउन्ड हुने अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए ।
प्रतियोगिता धरान १३ अमरहाटस्थित अमर सेवा भवनमा हुनेछ । प्रतियोगितामा एउटा क्लवबाट एक वजन समुहमा जम्मा २ जना खेलाडी र एक जना टिम मेनेजरले मात्र भाग लिन पाउने आयोजकले प्रष्ट पारेको छ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी वजन माथीको वजन समुहमा प्रतिस्पर्धा हुनेछ। प्रि-जजिङ्ग राउन्डमा एक वजन समुहवाट जम्मा ६ जना खेलाडी छनौट गरिने पनि अध्यक्ष लिम्बूले जानकारी दिए । फाइनलमा कुल ३० जना खेलाडीहरु समावेश हुनेछन् ।
फाइनलमा प्रत्येक वजनमा प्रथम हुने खेलाडीले उपाधिको लागि पुनः ओभरअल राउन्डमा ६ जना खेलाडीबीच स्पर्धा गर्ने आयोजकले जनाएको छ । ओभरअल राउन्डमा प्रथम हुने खेलाडीलाई आठौं मिस्टर कोशी प्रदेश २०८३ घोषित गरिनेछ ।
विजेताले ट्रफीसहित नगद एक लाख २५ हजार हात पार्नेछ्न् । दोस्रो हुने खेलाडीले नगद ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले ३० हजार, पाचौं हुनेले २५ हजार र छैटौं हुने खेलाडीले नगद २० हजार पुरस्कर पाउने एलाइनेट जिमका अध्यक्ष लिम्बूले बताए । यसैगरी, व्यक्तिगत विद्यातर्फ बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ, बेस्ट टिमले नगद ५ हजार पुरस्कार पाउने पनि लिम्बूले बताए ।


प्रतिक्रिया दिनुहोस्