धरान:  राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् ।

हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेकी थिइन् । बराहक्षेत्र दर्शन सकेर राष्ट्रपति भण्डारी हेलिमार्फत धरान १३ फुस्रेस्थित सैनिक आवासिय माविमा अवतरण भएकी थिइन् । त्यहाँ उनलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश सांसदहरुले स्वागत गरेका थिए । 

उक्त स्कुलबाट गाडीमा सवार भएर राष्ट्रपति भण्डारी शुरुमा दन्तकाली मन्दिरमा पुगेकी थिइन् । पौराणिक महत्व बोकेको यो मन्दिर नेपालमा भएको शक्तिपिठहरुमध्येको एक महत्वपुर्ण मन्दिर हो । त्यसपछि पिण्डेश्वर मन्दिरमा पुजा गरेकी थिइन् । पिण्डेश्वरमा राष्ट्रपति भण्डारीलाई धरानका जनप्रतिनिधिहरु, मन्दिर व्यवस्थापन समिति तथा स्थानीयबासीहरुले स्वागत गरेका थिए । 

bidha-bhandari7

पिण्डेश्वर पछि राष्ट्रपति भण्डारीले अर्को प्रसिद्ध मन्दिर बुढासुब्बाको दर्शन तथा पुजा गरेकी थिइन् । यो मन्दिरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ पूजा गर्ने गर्छन् । मन्दिर भित्र माटोको ढिस्को मात्र छ । त्यसैलाई नै पुजा गरिन्छ । 

बुढासुब्बाका पुजारी उत्तम आलेले राष्ट्रपतिको भ्रमणले धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने भन्दै खुशी व्यक्त गरे । स्थानीयबासी प्रेमप्रसाद पराजुलीले भने राष्ट्रपति आउदा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा स्वागतमा नदेखिएको भन्दै विरोध प्रकट गरे । यसले राम्रो सन्देश नजाने भन्दै उनले राजनीतिक आग्रह, पुर्वाग्रह नराखी राष्ट्रप्रमुख आउदा स्वागतमा आउनुपर्ने बताए । वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पनि राष्ट्रपति भण्डारीको भ्रमणले पुनः एक पटक धरान र विजयपुर क्षेत्रको धार्मिक महत्व उजागर भएको भन्दै खुशी प्रकट गरे । 

भिडियो:

10

bidha-bhandar8

bidha-bhandari4

bidha-bhandari3

bidha-bhandari

bidha-bhandari9

bidha-bhandari5

bidha-bhandari11

bidha-bhandari6