धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान १२ स्थित सुनाखरी एकेडेमी च्याम्पियन बनेको छ ।
सुनखारीले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुल तरहरालाई ५९-४५ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुलले १८-११ र १८-७ अंकले अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा दुबैले बराबरी १४-१४ अंक जोडेको थियो भने चौथो क्वाटरमा सुनाखरी १३-९ अंकले पछि परे पनि उपाधी जित्नबाट प्याराडाइजले रोक्न सकेन ।
च्याम्पियन बनेसङ्गै सुनाखरीले उपाधी ट्रफी र नगद २० हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता प्याराडाइजले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका प्रीन्स खत्री घोषित भए । उनले नगद एक हजार, ट्रफी, प्रमाणपत्र र सास्कृतीक अधिकार पुरस्कृत पुस्तक ूगोरु चिन्तनू एक थान प्राप्त गरे । नगद पुरस्कार र पुस्तक लेखक तथा अग्रज पत्रकार जनकऋषि राइले उपलब्ध गराएका हुन ।

यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरीका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रीन्स खत्री घोषित भए । उनीहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रीन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए ।
बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राई, सभाध्यक्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्क शम्सेर लिम्बू, बिधालय ब्यवस्थापन समिती सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरण गरेका थिए ।
सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो । श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा बिधालयले सहभागिता जनाएको थियो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



