धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ अन्तगत हिजो आइतबार चौथो दिन लेट दिलकुमार प्लेट च्याम्पियनसिप कपको पहिलो खेल एप्पल मन्टेश्वरी धरान–११ लाई जोलसाया एकाडेमी, धरान ११ ले ६-० गोलअन्तरले हरायो ।
जोलसायाको तर्फबाट जर्सी ७ अनिश राईले २ गोल, जर्सि १० युनितम राईले २ गोल, जर्सी ४ का एक्सन राई र जर्सी ८ का अग्नी कालिकोटेले समान १/१ गोल गरेका थिए । खेलमा एप्पल मन्टेश्वरीलाई सहभागिताकोलागि नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले मायाको चिनो दिएका थिए ।
प्लेट च्याम्पियनकै दोस्रो खेल समिट सेकेण्डरी बोर्डिङ स्कुल धरान–९ लाई सिद्घार्थ शिशु सदन, धरान–१६ ले २-० गोलले विजयी भयो । सिद्घार्थतर्फबाट दुवै गोल जर्सी ५ का आदित्य नेपालले गरेका थिए । उनले पहिलो १ गोल मध्यान्तर अघि र दोस्रो १ गोल मध्यान्तरपछिको खेलमा गरेका थिए । सहभागिताकोलागि समिट सेकेण्डरीलाई नेपाल सितेरियो कराते सङ्घको सुनसरी अध्यक्ष रबि थुलुङले मायााके चिनो दिएका थिए ।
प्लेट च्याम्पियनको दुई खेलपछि २० औं ललित–अम्बर डिपो कप –२०८२ को पहिलो क्वाटर फाइनल खेल भएको थियो । पहिलो क्वाटर फाइनल खेलमा डिपो सेकेण्डरी स्कुल, धरान–१८ ले कारमेल हाइस्कुल, धरान–१८ लाई ४–० ले हरायो ।
मध्यान्तरअघि जर्सी ९ का आशिष जिमीले पेनाल्टीमार्फत गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा डिपोको तर्फबाट जर्सी ७ का इसाक लिम्बू, जर्सी ३ का श्रीहाङ राई र जर्सी १० का करण खड्काले समान १र१ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच कारमेल हाइ स्कुलका आयसा शाक्य भएकी थिइन् । उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो दिएका थिए ।
दोस्रो क्वाटर फाइनल खेलमा नोबेल एकाडेमी धरान–११ लाई आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ ले २-१ गोलको अन्तरले पराजित गर्यो । आइडलको जितमा जर्सी ७ का सौरभ राईले दुई गोल गरेका थिए भने नोबेल एकाडेमीको तर्फबाट जर्सी १० का रेहान रसाईलीले १ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सौरभ राई भएका थिए । उनलाई डिपो सेकेण्डरी स्कुल व्यवस्थापन सदस्य हर्कराज राईले मायाको चिनो दिएका थिए ।
आज हुने चार खेलमा पहिलो दुई खेल प्लेट च्याम्पियनकोलागि हुनेछ भने अर्को दुई खेल डिपो कपको दोस्रो क्वाटर फाइनलकोलागि हुनेछ । प्लेट च्याम्पियनको पहिलो खेल हिमशिखर इङलिस बोर्डिङ स्कुल, इटहरी र माउण्ट हर्मन एकाडेमी धरान–१८ बीच हुनेछ । यसैगरि दोस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ र युनाइटेड गोर्खा एकाडेमी, धरान–१५ बीच हुनेछ ।
डिपो कपको दोस्रो क्वाटर फाइनलको पहिलो खेल नेपाल पुलिस स्कुल, धरान–१३ र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ बीच हुनेछ । यसैगरी दोस्रो क्वाटर फाइनल खेल लिगामेन्ट स्कुल, धरान–१६ र धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ बीच हुनेछ ।







