धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपी.रनिंग कप शुरु भएको छ । 

धरान १३ स्थित नेपपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा बुधबारदेखि प्रतियोगिताको शुरुवात भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले उद्घाटन गरेका थिए । बुधबार नै भएको उद्घाटन खेलमा आयोजक नेपाल पुलिस स्कुल (रेड)ले भरौल बाल मन्दिर स्कुललाई ५(० को फराकिलो गोलअन्तरले हराउदै विजयी यात्रा शुरुवात गरेको छ । 

पुलिसको जितमा जर्सी नम्बर १० का खेलाडी समिर राईले ह्याट्रिक गरे । उनले खेलको १७, ४३ र ४६ औं मिनेटमा गोल गर्दै पहिलो खेलमै ह्याट्रिक पुरा गरे । यस्तै, जर्सी नं ९ का खेलाडी उज्वल थापाले २४ औं र जर्सी नं १३ का खेलाडी निश्चल खड्काले ६७ औं मिनेटमा थप एक एक गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ द म्याच पुलिस स्कुलका ह्याट्रिककर्ता समिर राई घोषित भए । 

digp cup

प्रतियोगितामा भोली (बिहिबार) निधि माध्यमिक विद्यालय झापा र बाल्मिकी स्कुल मोरङबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैया प्राप्त गर्नेछने । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयहरुले सहभागिता जनाएको छ । २०५८ सालदेखि प्रारम्भ भएको डिआइजिपी कप २०६३ सालदेखि हुन सकेको थिएन । प्रतियोगिताको छैटौं संस्करणसम्म धरानको डिपोट स्कुल चार पटक विजेता भएको थियो ।