धरानः इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गर्ने सवारी र १२ जनालाई पक्राउ गरेको छ ।

बिहानै लकडाउन उल्लंघन गरेर हिड्ने र सवारी चलाउनेसहित १२ जना पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मोटरसाइकल १२ वटा नियन्त्रणमा लिइएको छ भने ९ वटा स्कुटर रहेको छ । यस्तै, एउटा टेम्पो र एउटा सिटि सफारी पनि रहेको छ ।

प्रहरीले आजदेखि घरबाहिर अनावश्यकरुपमा हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने चेतावनी दिएको थियो । यो चेतावनी उल्लंघन गर्ने र प्रहरीसँग अनावश्यक झगडा गर्न खोज्नेहरुलाई नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताए ।