धरान : शनिबार राती (मंसिर ५) प्रहरीले धरान ८ स्थित सेउती पुलमा सवारी चेकजाँच गर्नेक्रममा ठुलो मात्रामा लागुऔषध गाँजासहित एक युवा पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तिनकुने धरानको संयुक्त टोलीले राती करिब साढे ११ बजे ४९९ किलो गाँजासहित एक पक्राउ गरेको हो । प्रहरीका अनुसार बिआर ११ वाई ३०३९ नम्बरको स्कोरर्पियो चेकजाँच गर्दा उक्त परिमाणको गाँजा वरामद भएको थियो ।
गाँजा फेला परेपछि प्रहरीले स्कार्पियो र चालक मोरङको विराटनगर महानगरपालिका वडा नं. १३ बस्ने ३२ बर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीबारे थप अनुसन्धान कार्य भईरहेको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्