नयाँदिल्ली: भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार पनि भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९४० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४२ हजार ५७८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।