धरान: कोरोनाको कारण प्रशासनले निषेधाज्ञा जारी गरेको बेला धरानका निजी विद्यालयहरुले मनोमानी शुल्क बढाएर अभिभावकहरुलाई आर्थिक मारमा पारेको भन्दै विद्यार्थी संगठनहरुले उपमहागनरपालिकामा ज्ञापन पत्र बुझाएको छ । 

कोरोना र निषेधाज्ञाले अभिभावकहरु पनि आर्थिक संकटमा परेको बेला निजी विद्यालयहरुले भने सरोकारवालाहरुसँग समन्वय नगरि शुल्क वृद्धि र समायोजन नगरि शुल्क असुली गरिरहेको भन्दै ५ विद्यार्थी संगठनहरुले धरान उपमहागनरपालिकामा ज्ञापन पत्र बुझाएको हो । उपमहानगरमा बुझाएको ज्ञापन पत्रमा नेवि संघका दोर्ची शेर्पा, अनेरास्ववियुका आशिष प्रधान, अखिल क्रान्तिकारीका रविन श्रेष्ठ, अनेरास्ववियुका शेखर रेग्मी र समाजवादी विद्यार्थी युनियनका युवराज राईले हस्ताक्षर गरेका छन् । 

ती विद्यार्थी संगठनहरुले निजी शैक्षिक संस्थाहरुले बढाएको शुल्क अबिलम्ब घटाउन माग गरेको छ । यसैगरि, निषेधाज्ञाको अवधिको शुल्कको बिषयमा सरोकारवालाहरुसँग समन्वय गरेर तोक्नुपर्ने, निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुल विज्ञ र सरोकारवालासँग समन्वय गरेर मात्र भौतिकरुपमा पठनपाठन सञ्चालन गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने पनि माग विद्यार्थी संगठनहरुको रहेको छ । यी मागहरु २४ घण्टाभित्र सम्बोधन नभए विद्यार्थी संगठनहरुले चरणवद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । 

student