धरान: कोशी राजमार्गको ईटहरी–धरान सडकखण्डको निर्माण सुस्त गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको र सडक दुर्घटना पनि बढेको भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । 

कांग्रेस सचिव तथा प्रवक्ता जितेन्द्र राईले एक प्रेश विज्ञप्ती जारी गर्दै सडक निर्माण कार्य चाडोभन्दा चाडो अगाडि बढाउन पनि माग गरेका छन् । जोगवनी किमाथांका सडक राष्ट्रिय गौरवको योजना र आर्थिक क्षेत्रमा बिशेष योगदान दिने भएपनि निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र लापरवाहीले राष्ट्रको शिर निहुरिएको कांग्रेसको भनाई छ । 

Press-Bigyapti-congress