विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि राजनीतिमा उनी परिचित भएका हुन् । यसको पनि खास कारण छ, विश्वविद्यालयमा नेवि संघको दबदबा थियो । तर, नेवि संघको दबदबालाई तोडेर उनी अनेरास्ववियुको झण्डा फहराउदै स्ववियु सभापति बने । स्ववियु सभापति जित्नु विजय र अनेरास्ववियुको निम्ति चानचुने कुरो थिएन । 

सभापति भएपछि उनले विद्यार्थीको हकहितका लागि थुप्रै काम गरे । क्याम्पसबाट पासआउट भइसकेका विद्यार्थीहरुले पहँुचका भरमा क्याम्पसको होस्टेलका कोठाहरु कब्जा जमाएर बस्ने परिपाटीको अन्त्य विजयले गरिदिए । उनले पासआउट भएका विद्यार्थीबाट कब्जा गरिएका होस्टेलका कोठाहर खोसेर अध्ययन गर्दै गरेका विद्यार्थीलाई राख्ने काम गरे । यो कामको सुरुवात गर्दा उनी विपक्षीको आँखाको तारो बने । उनीमाथी पटक–पटक आक्रमणको प्रयास भए । तर, उनले यस्ता गलत प्रवृत्तिको जरैदेखि अन्त्य गरेरै छाडे । 

उनको यो कामले वर्षौंदेखि पीडित बन्दै आएका विद्यार्थीहरुलाई ठूलै राहत मिल्यो । यही कामबाट क्याम्पसमा विजयको चर्चा चुलिंदै गयो । उनी पार्टीका शीर्षस्थ नेताहरुको नजरमा पर्न सफल भए । विद्यार्थी राजनीतिमा विजयलाई नचिन्ने सायदै कमै होलान् । 

राजनीतिक यात्रा

२०४० सालदेखि विद्यार्थी राजनीतिमा होमिएका विजय विद्यार्थी राजनीतिमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुख समेत बने । यतिमा मात्र उनको यात्रा रोकिएन । उनी नेपाल खेलकुद महासंघका संस्थापक उपाध्यक्ष समेत बने । एकपछि अर्को राजनीतिक छलाङ मार्दै हिंडेका विजय त्रिविको सिनेटर बने । स्ववियु काउन्सिल संयोजक, विद्यार्थी विशेष जिल्ला कमिटी सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिवको जिम्मेवारी समेत निर्वाह गरे । 

जेल–जीवन

bijay-rai2

२०६२/0६३ सालको जनआन्दोलनमा विजयकुमार राईले विद्यार्थीको मोर्चा सम्हालेका थिए । आन्दोलनको रापमा होमिएका उनी पटकपटक प्रहरीको गिरफ्तारीमा परे । उनी ३ पटक प्रहरीको गिरफ्तारीमा परे । ४ महिना त जेल जीवन नै बिताउनु पर्यो । 

त्रिवि स्ववियु सभापति हुँदा विद्यार्थीको हकहितका लागि थुप्रै प्रशंसनीय काम गरेका विजयले टियु एकेडेमी क्यालेण्डरको निर्माण गरेका थिए । बुबा दानबहादुर राई र आमा तारादेवी राईको कान्छो छोराका रुपमा २०२७ साल असोज २४ गते विजया दशमीको दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका दिल्पामा विजयको जन्म भएको हो । लाहुरे परिवारमा जन्मिएका विजय हाल धरान–११ स्थित सिर्जना मार्गमा परिवारसहित बस्छन् । उनले भारत, माल्दिभ्स, थाइल्याण्ड, हङकङलगायतको देशको भ्रमण समेत गरे । 

शैक्षिक योग्यता

२०४६ सालमा धरानको महेन्द्र क्याम्पसबाट व्यावस्थापनमा स्नातक गरे । कीर्तिपुर क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबिएसम्मको अध्ययन पूरा गरेका छन् । उनले धरान–११ स्थित ज्ञानोदय माविमा केही वर्ष अध्यापन समेत गरे ।

सुनसरीलाई केन्द्रसँग जोड्ने नेता

धरानलाई कम्युनिष्टको उद्गम थलोको रुपमा लिने गरिन्छ । कम्युनिष्ट आन्दोलनको केन्द्रको रुपमा परिचय बनाएको धरानले केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेता अहिलेसम्म पाएको छैन । केन्द्रमा प्रभाव पार्न सक्ने नेता नभएकै कारण धरान विकासमा पछि परेको बेलाबेलामा चर्चा चल्ने गरेको छ । तर, केन्द्रमा प्रभाव जमाउन सक्ने नेताको रुपमा विजयलाई लिने गरिएको छ । उनी लामो समय राजधानीमा बसेर सक्रीय राजनीति गरेका कारण उनीमाथि जनताको भरोसा छ ।

धरान कर्मथलो

लामो समय राजधानीमा बसेर राजनीति गरेका विजय करिब ७ वर्ष यता निरन्तर धरानलाई भूगोल मानेर सक्रीय राजनीतिक जीवन बिताइरहेका छन् । अहिले नेकपा एमालेका १ नं. प्रदेश सचिवालय सदस्य छन् भने सुनसरी निर्वाचन क्षेत्र नं. १ (ख) का इञ्चार्ज समेत छन् । हक्की अनि निडर स्वभावका उनै विजय मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ (ख) मा प्रत्यक्षतर्फका सूर्यध्वजावाहक उम्मेदवार छन् । आसन्न निर्वाचनमा आफू विजयी हुनेमा विजय ढुक्क छन् ।