धरान: सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्र्दभमा दुई दिने विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फडिन्द्रमणी पोखरेलका अनुसार सरकारी निकाय तथा सार्वजनिक कार्यालयहरुमा ४ र ५ गते सार्वजनिक विदा दिइने निर्णय भएको हो । 

यसैगरि, सरकारले मतदानस्थल रहेको शिक्षण संस्था तथा विद्यालयहरुमा भने २ गतेदेखि नै विदा दिने निर्णय पनि गरेको छ । अधिकांश मतदानस्थल विद्यालयहरुमा बनाइएको छ ।