धरान:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।

गठबन्धनबाट बुधबार धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दे प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले माओवादी केन्द्रबाट उम्मेद्वार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौं भन्ने हुटहुटी भएको उम्मेद्वारकोरुपमा रहेको भन्दै गठबन्धनका उम्मेद्वाहरु सबैलाई जिताउन आग्रह पनि गरे । 'उहाँलाई अन्त्यधिक बहुमतले विजय गराउनुस्, धरानको विकास गर्न ५ बर्षको लागि होइन, शुरुमै कोसिस हुनेछ, मन्त्री बनाएर तपाइहरुको विकासमा सहयोग गर्ने,'उनले भने ।

प्रदेशसभा १ (१) का उम्मेद्वार कांग्रेसका उमेश थापा पनि मन्त्री हुन योग्य भएको भन्दै आफ्नो पार्टीको नभएपनि उनलाई पनि प्रदेशको मन्त्री बनाउन सल्लाह दिने बताए । उनले प्रदेशसभा १ (२) मा उम्मेद्वार रहेका रेवतीरमण राईलाई पनि जिताएर पठाउन आग्रह गरे ।

prachanda3

प्रचण्डले मंसिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्ति र धाराको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचार, धारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत संग्रह जस्तै भएकोले विचार पुर्याएर लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिन आग्रह पनि गरे । अगाडि जाने प्रवृत्ति र विचारलाई समर्थन गरेर फेरि देशमा प्रतिगमन हुन नदिन, फेरि राजनीतिक अस्थिरताले टाउको उठाउन नदिन र स्थिरता, विकासको नयाँ युगमा जाने वातावरण तयार गर्न पनि आफुहरुको गठबन्धनलाई भोट दिन उनले आग्रह गरे । 

अहिलेको गठबन्धन १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि नै शुरु भएको पनि प्रचण्डले जिकिर गरे । तत्काल कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीकोतर्फबाट आफुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि  नेपालमा शान्तिको युग शुरु भएको, संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संविधानसभाको निर्वाचन भएको र देशले अग्रगति लिएको भन्दै प्रचण्डले १२ बुँदे समझादरी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएकोले पनि जिताउन आग्रह गरे । 

भुपुहरुको समस्या समाधान गर्ने, मेयरलाई पानीको लागि बजेट र योजना दिने

prachanda1

प्रचण्डले धरान भुपू गोर्खा सैनिकहरुको बाहुल्य भएको क्षेत्र भएको उल्लेख गर्दै ब्रिटिश सरकारसँग समान कामको निम्ति समान राहत, तलब सुविधाको लागि वार्ता भइरहेको र चाडै संवाद गरेर समाधान गर्ने पनि बताए । उनले भने, म आफै जोडिएको छुँ, प्रधानमन्त्री देउवासँग गहिरो कुरा भएको छ, र व्रिटिश सरकारसँग छिटो संवाद गरेर समास्या समाधान हुनेछ । 

उनले धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै मेयर हर्क साम्पांग पानीकै समस्या समाधान गर्छु भनेर मेयर बनेकोमा धन्यवाद पनि दिए । मेयर साम्पांगले पानीको समस्या हल गर्न धेरै मेहनत र दुःख गरिरहेको भन्दै उनको दुःखलाई सम्मान गर्नुपर्ने पनि बताए । 'अब हर्क जीको चाहनालाई केन्द्रबाट पनि हामीले बजेट पारेर, योजना पारेर मद्दत गर्नेछौं, 'उनले भने । 

prachanda4

प्रचण्डले धरानको रंगशाला निर्माण पुरा हुन नसकेको भन्दै त्यो पनि केन्द्र सरकारबाट चाडै पुर्ण गराउने आश्वासन दिए । यस्तै, धरानलाई आर्थिक गतिविधिको केन्द्र बनाउन धरान किमाथांका सडक निर्माण पनि चाडै सम्पन्न गराउने बताए ।  

किमाथांका धरान जोडथ्ने बाटोलाई पुर्णता दिन आवश्यक छ, आर्थिक गतिवािधभा ठुलो प्रभाव पार्छ । गठबन्धनको सरकार बनेपछि सुकुम्बासी समस्या समाधन गर्न पहल भएको छ, कति ठाउँमा लालपुर्जा बाडिएको छ । यहाँको पनि हल गछौं ।ध रान खेलकुदको दृष्टिकोणले पनि महत्वपुर्ण क्षेत्र हो । यहाँको रंगशाला पुर्णता दिन केन्द्रबाट सहयोग गर्ने विश्वास दिलाउन चाहन्ज्छौं । वीपी प्रतिष्ठान एसियाकै ठुलो हुदाहुदै पनि व्यवस्थापनमा सुधार हुन सकेन, र राम्रैो सन्दशे छैन । व्यवस्थित गर्न आउने सरकारले ध्यान दिन्छ । 

prachanda2

भिडियो: