धरान: धरानको प्रमुख सडकमध्येको एक धरान वडा १२ स्थित चतरालाइन सडकलाई ५० फिट बनाइने भएको छ । 

छाताचोकदेखि स्वास्तिका चोकसम्म ५० फिट सडक विस्तार गर्न सहजीकरण समिति पनि गठन भएको छ । १२ नम्बर वडा कार्यालयले आयोजना गरेको छलफलले नरेश शाक्यको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । धरान ११ स्वास्तिका चोकदेखि मंगलबारे चोकसम्म भने ५० फिट मापदण्ड अनुसार पक्की सडक विस्तार र निर्माणसमेत भइसकेको छ । 

chataraline

चतरालाइन सडक गत बर्ष नै ५० फिट बनाउन पहल भएको थियो । तर, विवाद सृर्जना भएपछि निर्माण कार्य शुरु हुन सकेको थिएन । यो बर्ष पनि बजेट विनियोजना गरिएको र विस्तार तथा निर्माण हुन नसके आउदो बर्षहरुमा बजेट छुट्टिन नसक्ने भएको कारण वडा कार्यालयले स्थानीयबासीहरुसँग छलफल गरेको हो । छलफलमा सहभागीहरुले कसैलाई पनि मर्का नपर्ने गरि सडक विस्तार गर्नुपर्ने बताएका थिए । उनीहरुले विकासको नाममा कसैलाई पनि सुकुम्बासी बनाउने काम भने नगर्न आग्रह गरेका थिए ।

chataraline1

स्थानीय व्यावसायीहरुले भने निर्माण कार्य सक्न २, ३ बर्ष लाग्ने र त्यो अवधिसम्म व्यापार, व्यवसाय चौपट हुने भन्दै असन्तुष्टी पनि जनाएका थिए । व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न उनीहरुले आग्रह गरेका थिए । घरधनीसँगै व्यवसायीहरुको पीर मर्का पनि बुझिदिनुपर्ने उनीहरुले बताएका थिए । वडाअध्यक्ष टंक राईले सबैको हित हुने गरि काम गर्ने बताएका थिए । आफुहरुको कुनै स्वार्थ नभएको भन्दै उनले मुख्य बजार क्षेत्र देशलाइन बाटो पनि स्थानीयले आफ्नो घरहरु भत्काएर विस्तार गरेको उदाहण दिदै सहयोग गर्न आग्रह गरे । 

भिडियो: