धरान: धरान उपमहानगरपालिकाले नगरको फोहोरलाई संकलन गरेर सेउती खोला किनारमा फाल्ने गरेको छ । 

बाँझगरा वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने उक्त क्षेत्रलाई उपमहानगरले बषौंदेखि ल्याण्डफिल साइटकोरुपमा प्रयोग गर्दै आएको छ । त्यहाँ जाने बाटो खुला भएकोले व्यवस्थित गर्न र व्यक्तिहरुले फोहोर ल्याएर जथाभावी फाल्न नपाओस् भन्ने उद्देश्यले उपमहानगरले गेट र सेन्ट्री पोष्ट बनाउदै गरेको थियो । उक्त गेट र पोष्टलाई वन कार्यालयले भत्काइदिएको छ । 

नगर प्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार अनधिकृत व्यक्तिहरु प्रवेश गरेर फोहोरमा आगो पनि लगाउने गरेकोले नियन्त्रण गर्न गेट र पेष्ट बनाएर हेरालु राख्ने तयारी थियो । तर, वन कार्यालयले विना कुनै सुचना एक्कासी जेसिबि लगाएर भत्काइदिएको बताए । उनले काम रोक्नु भनेर सुचना वा समन्वय पनि नगरि एक्कासी भत्काइदिएको र द्धन्द बढाउने काम गरेको बताए । 

यता, पाँचकन्या सब डिभिजन वनका प्रमुख महेशकुमार साहले भने हस्तान्तरित वन क्षेत्रमा कार्ययोजना विपरीतको संरचनाहरु बनाउन नपाउने बताए । उनले पक्की संरचना कस्ले बनाएको भन्ने नखुलेको र भत्काएकोबारेमा पनि जानकारी नपाएको बताए । यद्यपी, वन उपभोक्ता समुहलाई त्यसबारेमा पत्राचार गरिएको उनले बताए । नगरपालिकाले फोहोरलाई वनमा फाल्नै नपाउने भन्दै साहले ऐन विपरीत संरचना बनाउने र कार्यक्षेत्र मिच्ने काम पनि गर्न नहुने बताए । 

भिडियो: