धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन विभिन्न जातिय संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । 

धरान उपमहानगरपालिकामा बुधबार विभिन्न जातिय संघसस्थाका प्रतिनिधिहरुसँगको छलफल तथा अन्र्तक्रियामा सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्न ऐक्यवद्धता जनाउने निर्णय गरेको हो । ती संघसंस्थाहरुले प्रतिमा निर्माणमा सहकार्य गर्ने पनि निर्णय गरेका छन् । मेयर हर्क साम्पाङको अध्यक्षतामा नगर कार्यपालिका बैठक कक्षमा आयोजित छलफलमा नेपाल आदिबासी जनजाति महासंघ, चार किरातजन्य संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज सहभागी थियो । 

sumnima paru

यसैगरि, नेपाल माझी उत्थान संघ, भुजेल सेवा समाज, नेवा देय दबू, दलित सेवा संघ, तमु ह्युल छोंज धिं, ब्रह्मण समाज नेपाल, खस समाज प्रतिष्ठान, नेपाल शेर्पा संघ, मारवाडी सेवा समितिबाट पनि अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए । संघसंस्थाका प्रतिनिधिहरुले सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा ऐक्यवद्धता जनाउदै सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए । उनीहरुले धरानको पिछडिएको वडालाई साँस्कृतिक पर्यटकीय केन्द्र बनाउने भएकोले महत्वपुर्ण योजना भएको धारणा पनि रोखका थिए । साथै, अन्य जातिका सँस्कृतिलाई पनि झल्काउने संरचनाहरु पनि निर्माण गरेर सबै जातिको अपनत्व गराउनेतर्फ पनि ध्यान दिन मेयर साम्पाङलाई सुझाव दिएका थिए । 

आदिबासी जनजाति महासंघका नगर अध्यक्ष सुवास हुक्पा चोङबाङले प्रतिमा निर्माण कार्य सकरात्मक रहेको तर कस्तो आकार, प्रकारको बनाउने भनेर विज्ञहरुसँग परामर्श गर्न सुझाव दिएका थिए । साथै उनले छिमेकी इटहरी उपमहागनगरले आदिबासी जनजातिको क्षेत्रमा २ करोड बजेट विनियोजन गर्दा धरानमा भने मात्र १३ लाख विनियोजन गरेको भन्दै असन्तुष्टी जनाएका थिए । 

भिडियो:

भिडियो: