धरान:जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजंघा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरिएको छ । 

होटल व्यवसायी समिति धरानका सचिव रविन अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अपराधिक कार्यको घोर भत्र्सना गर्दै संलग्नहरुको पहिचान खुलेको हुनाले पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । उक्त घटना जेन्जी समुहको आवरणमा अराजक समुहले घटाएको पनि समितिले जनाएको छ । होटल सञ्चालक मेन्याङ्बो समितिका अध्यक्ष समेत हुन् । 

पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड र स्थानीय रोजगारीको महत्वपुर्ण आधार भएको तर यस्ता विध्वंसात्मक गतिविधिले व्यवसायी र लगानीकर्ताको मनोबल गिराउने, सम्पुर्ण आर्थिक सामाजिक विकासमा समेत गम्भीर असर पुर्याउने विज्ञप्तीमा उल्लेख छ । 

भिडियोः


जेन्जी आन्दोलन समापन भइसकेपछि केही अराजक समुहले धरानमा तोडफोड, आगजनी र लुटपाट मच्चाउदै हिडेको थियो । सोही क्रममा धरान ८ स्थित होटल कञ्चनजंघामा पुगेको समुहले करिब अढाई घण्टासम्म तोडफोड र आगजनी गरेको थियो भने पुर्वमेयर मेन्याङ्बोकी श्रीमतिको साथबाट नगद ६ लाख लुटेर लगेको थियो । उक्त समुहको नेतृत्व मेयर हर्कराज राई (साम्पाङ) निकट स्वतन्त्र नागरिक समाजका सदस्य मिलन वान्तवा राईले गरेको र मेयरकै उक्साहटमा घटना भएको पुर्वमेयर मेन्याङ्बोले गम्भीर आरोप पनि लगाएका छन् ।

hotel