धरान: २० औं ललित अम्बर डिपो कप २०८२ मा आयोजक टिम च्याम्पियन बनेको छ । 

धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा आज (बिहिबार) सम्पन्न फाइनल खेलमा धरान वडा नं ५ स्थित धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै आयोजक च्याम्पियन बनेको हो । उपाधिबाट बञ्चित भएपनि पहिलो सहभागितामै उपविजेता बनेकोमा धरान इङ्लिस बोर्डिङ स्कुलका खेलाडीहरु खुशी भएका थिए ।

डिपोको जितमा जर्सी नम्बर ९ का  आशिष जिमी नायक सावित भए । उनले दोस्रो हाफको १० औं मिनेटमा फ्रिकिक प्रहारमा उत्कृष्ट गोल गरेका थिए । उनको उक्त गोल नै खेलको निर्णायक बन्यो । उनी फाइनल खेलका म्यान अफ दि म्याच र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए ।

depo cup champion1

विजेता डिपोले उपाधि ट्रफीसँगै नगद ११ हजार १११ रुपैया, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता धरान इङ्लिस बोर्डिङ स्कुलले नगद ७ हजार १११ रुपैया, उपविजेता ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो स्थान भएको नेपाल पुलिस स्कुलले नगद ५ हजार १११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

यसैगरि, प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरान इङ्लिस बोर्डिङ स्कुलका रोमन जिमी घोषित भए भने हाई स्कोररको पुरस्कार कृष लिम्बु (धरान इङ्लिस बोर्डिङ) र सौरभ राई (आइडियल बोर्डिङ स्कुल)ले प्राप्त गरे । यस्तै, राइजिङ प्लेयर डिपो स्कुलका श्रीहाङ राई घोषित भए । 

भिडियो:

लेट दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ उपाधि विजेता हिमशिखर बोर्डिङ स्कुल तरहराले शिल्ड, मेडल, प्रमाणपत्रसँगै नगद ३ हजार १११ रुपैया प्राप्त गर्यो भने उपविजेता प्रभात बोर्डिङ स्कुल धरान १२ ले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २ हजार १११ रुपैया हात पार्यो । 

विजेता तथा उपविजेता टिमका खेलाडीहरु, व्यक्तिगत विधातर्फ पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि एवं प्रदेश सांसद रमेश बस्नेत, आयोजक डिपो स्कुलका प्रिन्सिपल राजकुमार राई, पुर्वगोर्खा मेजर झप्तमान लिम्बु, डिपो स्कुलका बोर्ड सदस्य पुर्णकला लिम्बु, ललितबहादुर मेन्याङ्बो, हर्कराज राई, सुर्य पन्धाकलगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा पुर्वराष्ट्रिय खेलाडी एवं एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीले विद्यार्थी खेलाडीहरुलाई प्रेरणादायी मन्तव्य पनि व्यक्त गरेका थिए । 

depo cupchampion2

depo cup21

depo cup24

depo cup17

depo cup18

depo cup22

depo cup19

depo25

depo cup24

depo cup20

depo cup23