धरान: शनिबार दिउँसो करिब ४ बजे धरान १३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ ख.७११९ नम्बरको टाइम्स इन्टरनेशनल एकेडेमी जनकपुरको बस अनियन्त्रित भएर जिरोप्वाइन्टमा दुर्घटना भएको थियो । उक्त बस अनियन्त्रित भई न्यू सबा मेडिलकमा ठक्कर खाएएको थियो । उक्त बसमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त दुर्घटना हुदा बसमा सवार १३ मध्ये २ जना र मेडिकलमा रहेका ३ जना गरी ५ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा बसमा सवार महोत्तरी गैडादेवपुर ८ का रोहित कुमार मण्डलको १८ महिनाको छोरा रिसब कुमार मण्डल र सोही ठाउँका ३१ बर्षीय धैरिया कुमार यादव रहेका छन् । 

accident

यस्तै, सबा मेडिकलकी सञ्चालिका धरान १३ निवासी २४ बर्षीया सुवेक्षा सुब्बा, सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का ओमेश राई र झापाको मेचीनगर नगरपालिकाका १९ बर्षीय नयन थापा मगर रहेका छन् । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा घाइते भएकी बसमा सवार धनुषाको जनकपुर उपमहानगरपालिका १२ का २५ बर्षीया रिना मण्डल, धनौडी गाउँपालिका २ का ३८ बर्षीय जितेन्द्र मण्डल, महोत्तरी मठ्ठीपानी गाउँपालिका ४ का २५ बर्षीय महमत मुलाल, धनुषाको जनकपुर १ की ४० बर्षीया सुनेना देवी मण्डल र जनकपुर ५ का २० बर्षीय कृष्ण मण्डलको अवस्था गम्भीर रहेको छ । 

accidsent1

यस्तै, जनकपुर ५ की २३ बर्षीया लक्ष्मी मण्डल, सोही ठाउँका १८ बर्षीय राजा बाबु, जनकपुर ४ की ४० बर्षीया मनिता देवी मण्डल, सोही ठाउँकी ३० बर्षीया पुनिता मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मेडिकलमा काम गर्ने धरान वडा १३ की ४३ बर्षीया यशोदा श्रेष्ठको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । 

यसैगरि, जनकपुर २५ बस्ने २४ बर्षीय रोहित मण्डल र जनकपुर १ का २४ बर्षीय रोहन मण्डलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

भिडियो: