धरान : कोरोना भाईरसको कारण नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ ।

आजदेखी झापाको बिर्तामोडमा हुने भनियेको प्रशिक्षण कार्यक्रम रोकिएको हो । कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा-सम्मेलन नगर्न आह्वान गरेको कारण नेकपाको प्रदेश प्रशिक्षण रोकिएको हो । प्रशिक्षणको लागि करिब १६०० नेता कार्यकर्ता बिर्तामोड भेला हुदै थिए ।

आफ्नै पार्टीको सरकार भएको र सरकारले नै सभ सम्मेलन नगर्न आह्वान गरेको कारण प्रशिक्षण कार्यक्रम स्थगित भएको नेकपा प्रदेश सदस्य तथा सुनसरी जिल्ला सचीव रमेश बस्नेतले जानकारी दिए । "कोरोनाले गर्दा सरकारले नै सभा सम्मेलन नगर्नु भनेको र आफ्नै पार्टीको सरकार पनि भएकोले स्थगित गर्ने निर्णय भयो,"उनले भने ।