झापा: पुर्वसंविधान सभा सदस्य एवं झापाको मेचीनगर नगरपालिका १३ निवासी ७८ बर्षीय धर्मराज घिमिरे भारतमा मृत अवस्थामा भेटिएका छन् ।

उनको भारतीय गाडीको ठक्करबाट मृत्यु भएको प्रारम्भिक खबर आएको प्रहरीले जनाएको छ । घिमिरे गत शनिवारदेखी हराईरहेका थिए । उनको खोजीका लागि आफन्तले ईलाका प्रहरी कार्यालय धुलाबारी र काँकडभिट्टामा जानकारी गराए पछि खोजी गर्ने क्रममा भारतमा उनलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घिमिरेको खोजीको लागि भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरेको थियो ।

सोही क्रममा आज मंगलबार बिहानको ३ बजे भारतीय प्रहरीले घिमिरेलाई भारतको बागडुग्रा थानादेखि ३ किलोमिटर पुर्व सडकमा गाडीले किचेर मृत्यु भएको अवस्थामा फेला पारिएको खबर ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी आएको थियो । मृतकको शवको पहिचान भईसकेको र शव लिनका लागि प्रहरीसहित आफन्तहरु बागडुग्रा थाना गएको झापा प्रहरीले जनाएको छ ।