धरान: विश्वव्यापीरुपमा फैलिदै गएको कोरोना भाइरस(कोभिड १९)को कारण एक पछि अर्को कार्यक्रमहरु स्थगित हुदै गएका छन् । यसैक्रममा यही फागुन २५ देखि २७ गतेसम्म धरानमा आयोजना हुने भनिएको भाषा, साहित्य, सँस्कृतिसम्बन्धी प्रादेशिक सम्मेलन पनि स्थगित भएको छ ।

केन्द्रका अध्यक्ष डा.रमेश घिमिरे र सचिव डा.रमेश लिम्बुले प्रेश विज्ञप्ती जारी गर्दै सरकारले कोरोनाको संवेदनशिलताको कारण सभा, सम्मेलन नगर्न भनि गरेको आह्वानलाई मध्यनजर गर्दै सम्मेलन स्थगन गरिएको जानकारी दिएका छन् । कोरोना विश्वव्यापीरुपमा चिन्ताको बिषय भएको र सरकारको आह्वानलाई पनि बिशेष मनन गरिएको विज्ञप्तीमा उल्लेख छ । प्रा.डा.टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रले मंगगलबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै परिस्थिति अनुकुल हुनेबित्तिकै अझ उर्जा, उत्साह र मनोयोगका साथ सम्मेलन सम्पन्न गर्ने पनि प्रतिवद्धता जनाएको छ ।

tanka-sir-&-corona

भाषा विज्ञान समाज नेपाल र प्रा.डा.टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा नेपाल, भारत र फ्रान्सका गरी २ सयको हाराहारीमा भाषाशास्त्री, मानवशास्त्रीहरुको सहभागीतामा सम्मेलनको तयारी भइरहेको थियो । सम्मेलनमा भाषा,साहित्य र सँस्कृतिको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानबाट आएका निष्कर्षहरु कार्यपत्रकोरुपमा सम्मेलनमा प्रस्तुत हुने र विचार, विमर्श गर्ने तालिका थियो । तर, चीनमा देखिएको कोरोनाले विश्वव्यापीरुप लिदै गएपछि सोमबार सरकारले ठुला सभा, सम्मेलनहरु आयोजना नगर्न आह्वान गरेको थियो ।