धरान: मितेरी डेभलपमेन्ट बैंकले ग्राहकहरुको सुविधाको लागि लकडाउनको समयमा पनि सेवा सुचारु गर्ने जनाएको छ ।
बैंकले धरानस्थित प्रधान कार्यालयसहित सबै शाखाहरुबाट बिहान ११ बजेदेखि २ बजेसम्म ग्राहकहरुलाई सेवा सुचारु गर्ने जनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले ग्राहकहरुलाई यो अवधिमा पैसा जम्मा गर्ने र झिक्ने सुविधा दिइने बताए ।

‘बिहान ११ बजेदेखि २ बजेसम्म सबै शाखाहरु पनि खुला रहन्छ, ग्राहकहरुले पैसा राख्न र झिक्ने सुविधा हुन्छ,’सिईओ वस्तीले भने,‘तर धेरै भिडभाड नगरिदिन र पैसा थोरै मात्र झिक्न आग्रह गछौं । नत्र हामीलाई पनि सेवा दिन गाह्रो हुन्छ ।’ सिईओ वस्तीले आम जनतालाई पैसा घरमा नराखी बैंकमा राखेर सुरक्षित गर्न साथै ब्याजको लाभ लिन पनि आह्वान गरेका छन् । मितेरीको प्रधान कार्यालय धरानमा छ भने विभिन्न १८ वटा शाखा विस्तार भएको छ ।