इटहरीः इटहरी उपमहानगरपालिकाको कोरोना विपत कोषमा इटहरी उद्योग वाणिज्य संघले १० हजार किलो नुन दिने भएको छ ।

विपन्न समुुदायका परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको इटहरी उपमहानगरले एकद्धार प्रणालीमार्पmत राहत वितरण गर्न थालेको छ । जसअनुसार आज नगरपालिका र व्यवसायीका प्रतिनिधिहरुबीच बसेको बैठकले हाललाई नुन आवश्यक भएअनुसार उक्त सहयोग प्रदान गर्ने निर्णय भएको इटहरी उद्योग वाणिज्य संघका महासचिव पिताम्वर पोख्रेलले जानकारी दिए ।

पोख्रेलका अनुसार यो सहयोगलाई निरन्तरता दिइने छ । एकद्धार प्रणाली अन्तर्गत सहयोग जारी हुने भएकोले निजी क्षेत्रको सहयोग नगरपालिकामार्फत जारी हुनेछ । यस अघि हात धुने सावुन र सेनिटाइजर विभिन्न संस्थालाई सहयोग गरेको संघले अबको सहयोग भने नगरपालिका मार्फत गर्नेछ । पोख्रेलका अनुसार बजार क्षेत्रको आपुुर्ती सहज बनाउन समेत निजी क्षेत्रले नगरपालिकालाई सहयोग गरिरहेको छ ।

उपप्रमुख लक्ष्मि गौतमले क्वारेन्टाइन लगाएत सबै क्षेत्रमा सहयोगका लागि निजी क्षेत्रसंग अपिल गरेको जानकारी दिइन । उनका अनुसार नगरपालिकाले स्थापना गरेको कोषमा आर्थिक सहयोग देखि अतिआवश्यक सामाग्री उपलब्ध गराइदिन निजी क्षेत्रलाई नै पनि गुहार मागिने बताइन् ।