इटहरीः इटहरी उपमहानगरपालिकाले सबै वडामा विपन्न वर्गकय नागरिकलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको नगर कार्यापालिकाको बैठकले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाइ रहने समुदायलाई सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईले जानकारी दिएका छन् । उनका अनुसार सबै वडातहमा लगत संकलन गरिनेछ । वडाअध्यक्षले प्रमाणित गरेको आधारमा राहत प्रदान गरिने उनले बताए । पहिलो चरणमा अत्याश्यक परिवारलाई मात्र राहत दिइने छ । जसमा दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न रहनेछन् ।

त्यस्तै आज बसेको बैठकले इटहरी नगर क्षेत्रभित्रका घरधनीलाई १५ दिनको घरभाडा छुट गरिदिन पनि आग्रह गर्ने निर्णण गरेको छ । घर तथा कोठा भाडामा लिएर व्यापार व्यवसाय गरिरहेकय व्यवसायीको व्यापार चौपट भएको बेलामा यो निर्णले केही राहत हुने बैठको ठहर छ । आजै बसको बैठकले स्थानीय तह प्रकोप व्यवस्थापन कोषको स्थापना गर्ने समेत निर्णय गरेको छ । उक्त कोषमा नगरपालिकाका कर्मचारीले ७ दिनको तलब जम्मा गर्ने र सबै कार्यपालिका सदस्यले एक महिनाको सेवा सुविधा वापतको रकम जम्मा गर्ने निर्णय भएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीले उक्त कोषमा नगरवासीलाई रकम जम्मा गर्नसमेत आव्हान गरेका छन् ।