धरान: धरान १७ समाज हङकङद्वारा धरान १७ नम्बर वडा कार्यालयलाई राहत सामग्री प्रदान गरेको छ ।

हङकङ समाजका पदाधिकारीहरुले वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् । लकडाउनका कारण १७ न. वडाका समस्यामा रहेका अतिविपन्न परिवारहरुको लागि ३ लाख ५९ हजार ५ सय रुपैया वरावरको राहत सामग्री प्रदान गरिएको १७ समाज हङकङका सहसचिव श्री राईले जानकारी दिए । उनका अनुसार राहत सामग्रीमा ४५ सय केजी चामल, ३ सय ५० लिटर तेल, ३ सय ५० केजी नुन र ३ सय ५० केजी दाल रहेको छ ।

घर धरान १७ मा भएपनि हाल हङकङमा रहदै आएकाहरुबाट राहतको लागि आर्थिक संकलन गरिएको समाजका अध्यक्ष मधुकुमार राईले बताए । वडा नं १७ ले हालसम्म २ हजार ४ सय विपन्न वडावासीहरुलाई राहत प्रदान गरिसकेको छ । हङकङ समाजबाट प्राप्त राहत अति विपन्न ३ सय ५० परिवारलाई दोहोर्याएर दिइने वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।

IMG_0287.psd

यसअघि वडा कार्यालयले ३ जना परिवार भएकालाई १० केजी चामल र ३ भन्दा बढि परिवार भएकालाई १५ केजी चामल, दाल, नुन, तेल र आलु घरमा नै पुर्याएर राहत वितरण गरेको थियो । राहत सामग्री प्रदान कार्यक्रममा धरान १७ समाज हङकङका सदस्य कवि राई, देवकुमार राई, किशोर राई, दिलिप राई, समाजका धरान प्रतिनिधि सतिस केसी, स्थानीय युवा नरसिंह राई लगायतको उपस्थिति रहेको थियो ।

IMG_0291.psd