धरान: दुवै मृगौलामा समस्या देखिएपछि थलिएका सपना ताप्मादेनलाई सुद्यिङगुम लैक्वाहाङ ताप्मादेन संघ सुनसरीले शुक्रवार आर्थिक सहयोग गरेको छ ।

ताप्मादेन सुनसरीले सपनाको उपचारको लागि भनेर नगद ३ लाख ३० हजार १३ रुपैया सहयोग गरेको हो । सहयोग रकम युकेबाट सम्सेरजंग ताप्मादेन र तनुजा खेवा ताप्मादेनको संयोजनमा ७३ हजार ७ सय ५० रुपैया, हङकङबाट चन्द्रिका र विष्णुकुमार ताप्मादेनको संयोजनमा २ लाख ४३ हजार १ सय ६३ रुपैया सहयोग आएको हो भने हङकङबाट नै डम्वरवहादुर ताप्मादेन, चुनमाया ताप्मादेन र मनमति ताप्मादेनले १३ हजार १ सय रुपैया सहयोग भएको ताप्मादेन सुनसरी जिल्ला अध्यक्ष तेजवहादुर ताप्मादेनले जानकारी दिए ।

सहयोग रकम ताप्मादेन संस्थाका केन्द्रिय उपाध्यक्ष तथा धरान उपमहानगरपालिका १९ न. वडाका अध्यक्ष पुर्णकुमार लिम्वु र १९ न. वडावासी देउमान लिम्वुले मृगौला रोगी सपना र उनकी आमा नविता ताप्मादेनलाई हस्तान्तरण गरेका थिए । अध्यक्षका अनुसार ताप्मादेन संस्थाले यस अघि नगद ५० हजार र ६२ हजार ५ रुपैया गरि दुई पटक आर्थिक सहयोग गरिसकेको छ । यस अघि हस्तान्तरण गरिएको ५० हजार रुपैया हङ्गकङ वाट र अन्य सहयोग रकम सहयोगी संघसंस्था तथा सहयोग दाताहरुवाट संकलन गरिएको हो ।

sapana

आर्थिक रुपमा कमजोर रहेको सपनाको बुवाले दैनिक ज्यालादरीमा काम गर्दै परिवारको जिविका चलाइरहेका छन् । तर छोरीको दुवै मृगौलामा समस्या देखिए पछि उपचारका लागि ताप्मादेन संस्थामा सहयोगका लागि आए पछि संस्थाले सहयोगको अभियान सुरु गरेको केन्द्रिय उपाध्यक्ष पुर्ण लिम्वुले बताए । मृगौला प्रत्यारोपण वाहेक विकल्प नरहेको भन्दै अब सपना ताप्मादेन बचाऔ समिति नै गठन गरेर अभियान सुरु गर्ने अभियानका सहयोगी धरान १५ निवासी देउमान मेन्याङवोले बताए ।

शारीरिकरुपमा कमजोर भएको कारण २३ बषीय सपनाको डायलासिस् समेत हुन सकेको छैन । शरीरले थाम्न नसक्ने भन्दै डाक्टरले डायलासिस रोकेको हो । पौष्टिक आहार र औषधी खुवाएर शारीरिक रुपमा ठिक भए पछि डायलिस सुरु हुने उनकी आमा नविताले जानकारी दिइन् । नागरिकता नभएको कारण सरकारबाट मृगौला रोगीले पाउने सुविधाबाट पनि सपना वञ्चित हुनुपरेको छ । लकडाउनको कारण नागरिकता बनाउन समस्या भएको उनकी आमाले बताइन् ।