धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो ।
लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परिकार वनाएर फेसवुकमा देखाए । लकडाउनमा धेरै मान्छे दिक्दार भए पनि केहीले भने यसलाई अवसरकोरुपमा सदुपयोग पनि गरे । तिनैमध्ये एक हुन, धरान १६ प्रभात मार्गका युवा नेता भुवन याक्खा । सबै जना लकडाउनको कारण घरमा थुनिएको बेला याक्खा भने विहानै देखि धरान ४ स्थित धरान भ्यु पोइन्ट डाँडामा भेटिन्छ । उनी बिहानै पुग्ने, मिस्त्रीहरुसँगै काम गर्ने र साँझ मात्र फर्किने उनको दैनिकी छ ।

भ्यु पोइन्टमा आफ्नो ड्रिम प्रोजेक्ट भन्दै निर्माण कार्यमा व्यस्त याक्खा धुलोमैलो भेटिन्छन् । युवाहरुले राजनीति गर्नलाई आत्मनिर्भर पनि हुनुपर्छ भन्ने सोचले व्यवसाय गर्न याक्खाले रिर्साटको योजना बनाएर निर्माण कार्य सुरु गरिरहेका छन् । कोरोना भाइरस महामारी सुरु हुनु अघिदेखि जग्गा लिजमा लिएर निर्माण कार्य थालेको याक्खा बताउँछन् । करिव एक करोडको लगानीमा निर्माण सम्पन्न हुने रिसोर्ट लकडाउनमा पनि निर्माण कार्य धमाधम भइरहेको छ । करिव १५ कट्ठा क्षेत्रफलमा निर्माण हुने रिसोर्टमा एक दर्जन कामदारसँगै उनी आफै पनि काममा खटिन्छन् ।
रिसोर्टको नाम मन सान्तो भ्यु एण्ड रिसोर्ट नाम राखिएको छ । यसरी लकडाउनमा काम गर्दा क्वारेन्टाइन बसे जस्तो भएको याक्खा वताउछन । धरान वजार देखि करिव ७ किलो मिटर टाढा रिर्सटको निर्माण हुदैछ । निर्माण हुदै गरेको रिसोर्टमा आफै फिसिङ्ग गरेर खान पाइने, शान्त वातावरण, धरानको सुन्दर दृष्य देखिने सेमिनार हल, वार, रुफ टप रेष्टुरेण्ट, बिबिक्यु स्पट, स्विमीङ पुलसहितको एक कटेज समेत रहने याक्खा बताउँछन् ।

नब्बे प्रतिशत काम सकिसकेकोले लकडाउन पछि रिसोर्ट सञ्चालनमा ल्याउने उनको योजना रहेको छ । याक्खा राष्ट्रिय युवा संघ नेपाल, सुनसरीको अध्यक्ष हुन् । उनको पहलमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न धरान ११ र १६ न. वडाका सुकुम्वासी वस्तिमा संघले करिव ३ सय परिवारलाई संगठनले राहत समेत वितरण गरिसकेको छ । आवश्यक परे थप राहत वितरण गर्न तयार रहेको र सामाजिक उत्तरदायित्वबाट युवा संघ पछि नहट्ने उनी बताउँछन् ।
 
  
  
  
  
  
 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



