धरान: आज बिहान धरान १४ विजयपुरस्थित बेलडाँडामा भएको आगलागीमा २२ लाख भन्दा क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार २२ लाखको क्षति अनुमान गरिएको हो । क्षतिको विवरण अझ बढ्न सक्ने प्रहरीको भनाई छ । ‘एउटा २ तले काठको घर जलेको छ । अर्को पनि आधा भन्दा बढी जलेको छ,’डिएसपी बस्नेतले भने,‘पुरै जलको घरको १३ लाख र अर्को घरको ९ लाख जति क्षति भएको अनुमान छ । तर, यो प्ररम्भिक मात्र हो, अझै बढ्न पनि सक्छ ।’

agolagi

आज बिहान करिब ९ बजेतिर आगलागी भएको थियो । आगलागी विष्णु राईको घरबाट शुरु भएको थियो । उनको घरमा नरमाया लिम्बुको परिवार भाडामा बसेका थिए । घरधनी विष्णु भने धरान ४ दानबारीमा बस्छन् । नरमायाको परिवारको भने सबै जलेर नष्ट भएको छ । अर्को, घर छिमेकी कमल राईको जलेको हो । उनको पनि आधा भन्दा बढी घर जलेर क्षति पुगेको कमलका दाजु इश्वर राईले जानकारी दिए । उक्त घर दाजु इश्वरको भएपनि भाई कमल बस्दै आएका थिए । घर सबै काठले बनेको र नयाँ घर बनाउनको लागि पनि थुप्रै काठ राखेका थिए । ‘हाम्रो घर पनि काम नलाग्ने गरि क्षति भएको छ । एक दुई वटा दराज, पलंगबाहेक सबै जल्यो,’उनले भने ।

भिडियो स्रोत: करण लिम्बु सेभ ह्युमनिटी