धरान: माक्स नलगाई हिडडुल गर्नेलाई आज पनि धरानमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरान बजार, विभिन्न चोकहरुबाट ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबैलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखिएको थियो । सबैलाई वडा प्रहरीमा नियन्त्रणमा राख्यौं, त्यसपछि कोरोना सम्बन्धी सचेतनामुलक जानकारी दिएर माक्स नलगाई नहिड्न सम्झाएर पठाएका छौं, डिएसपी बस्नेतले भने ।

लकडाउन खुकुलो भएसँगै घरबाहिर माक्स विना हिड्ने र त्यसले संक्रमणको जोखिम बढाउने भएपछि सरकारले माक्स विना हिड्नेलाई कारबाही गर्न निर्देशन दिएको थियो । गृह मन्त्रालयको निर्देशन पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि अत्यावश्यक काम विना घरबाहिर नहिड्न र हिड्नुपर्ने भए अनिवार्य माक्स लगाउन आग्रह गरेका छ ।