सुनसरी: ईटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट अधिकृत पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो । अधिकृत पोख्रेललाई इटहरीस्थित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ । उनले ६५ हजार घुस लिएको रकम पनि वरामद भएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
 
                    _1704867435.jpeg) 
		 
                                         
		


 
		 
		 
		 
		



