विराटनगरः विराटनगरका ३ जना पत्रकारलाई कोरोना संक्रणम पुष्टि भएको छ ।
पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलका अनुसार संक्रमित ३ पत्रकारको स्वास्थ्य सामान्य रहेको छ । शुक्रवार पत्रकार महासँघ माेरङकाे सभाहलमा भएकाे मास्क वितरण पत्रकार सम्मेलनमा सँक्रमित पत्रकारसमेत सहभागी भएका थिए । उनीहरूसँगै रहेका अरू पत्रकारकाे पनि अाज थप स्वाव सँकलन गर्ने तयारी रहेकाे छ ।
शुक्रबार दिउँसो बिराटनगरमा ३३ जनाको पोजेटिभ रिपोर्ट आएको थिया । साँझ पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको बिराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । शुक्रबार महानगरको २ सय बढिको स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो । हालसम्म विराटनगरमा मात्र २ सय ४५ पुगेकाे छ । ४३ काेराेनामुक्त भइ डिस्चार्ज भएका छन् ।







