इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा थप १३ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च हो ।
उपमेयर लक्ष्मी गौतमले इटहरी बजार क्षेत्रमा संक्रमण अझै भयावह हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी छिन् । उनले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् । उनले हालसम्म इटहरीमा ४५ संक्रमित भेटीसकेको जानकारी दिइन् ।
गौतमका अनुसार थप संक्रमित हुनेमा ३ महिला र १० पुरूष छन् । उनीहरूको साउन २३ देखि २५ गतेभित्र स्वाब दिएका थिए । यस अघि सर्वसाधारणको स्वाव लिइए पनि सबै स्वावको नतिजा आइनसकेको इटहरी अस्पतालका इमेर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
                     
		


 
		 
		 
		 
		



