धरान: स्वदेश तथा विदेशमा पनि व्यवसाय विस्तार गर्न सफल बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालि स्थापनाको २६ औं बर्षमा प्रवेश गरेको छ ।

बराहले गत बर्ष २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती भव्यरुपमा मनाएको थियो । यसपाली भने कोभिड १९ को कहरले गर्दा बार्षिकोत्सव विगतमा जस्तो बराहले विविध कार्यक्रम गरि मनाउन पाएन । यद्यपी, २६ औं बार्षिकोत्सवको अवसर पारेर आज शुक्रबार बराहले विभिन्न निकायहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बराहले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरि इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी वल फुस्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पताल र धरानका पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

 

baraha

बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्माका अनुसार संस्था र ग्राहकहरुसमेतलाई गरि मास्क १५२६ पिस, पञ्जा १५२६ पिस र सेनिटाइजर ५२६ पिस विरतण गरिएको छ । सञ्चालक विश्वकर्माले कोभिडको कारण यो बर्ष विगतमा जस्तो कार्यक्रमहरु आयोजना गर्न नसकिएकोले कोभिडसँग फ्रन्टलाइनमा रहेर जुधिरहेका निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हामीले स्थापना कालदेखि नै जे जति नाफा कमाउछौं, त्यसको केही हिस्सा सामाजिक उत्तरदायित्व पुरा गरिरहेका नै छौं,’उनले भने ।

बार्षिकोत्सवमा बराह डिपार्टमेन्ट स्टोर प्रालिबाट विरतण गरिने आर्थिक बर्ष २०७६/०७७ को बराह उपहार योजना तथा १ जना भाग्यशाली ग्राहकलाई यामाहाको एफजेट १५० सिसिको मोटरसाइकल सहज परिस्थिति भए पछि वितरण गरिने पनि सञ्चालक विश्वकर्माले जानकारी दिए । साथै उनले बिषम परिस्थितिमा पनि बराहले दैनिक उपभोग्य सामानहरुको सेवा प्रवाह गरिरहेको र बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताए ।

barah3

बराहको शुरुवात २०५२ भदौ ५ गते स्वर्गीय इन्द्रकुमार लामिछानेबाट भएको थियो । धरानबाट शुरुवात भएको बराहले पोखरा, काठमाण्डौं, नारायणगढलगायत स्वदेशको विभिन्न सहरहरुमा व्यवसाय विस्तार गरिसकेको छ भने हङकङ, बेलायतलगायत मुलुकहरुमा पनि विस्तार गरिसकेको छ । बराहमा प्रत्यक्ष, अप्रत्यक्ष गरि ३ हजारले रोजगार पाइरहेको पनि जनाएको छ । बराह ग्रुप अन्र्तगत काठमाण्डौं, पोखरा, चितवन र धरानका डाइरेक्टर एवं कर्मचारीहरुकोतर्फबाट १९ लाख संकलन गरेर संघीय सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोषमा ४० प्रतिशत रकम पनि बराहले उपलब्ध गराएको थियो ।

भिडियो :

baraha2