धरान: सुनसरी जिल्लामा थप ७ दिन अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको छ ।
आज जिल्लाको डिसिसिएमसीको बैठकले भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीलाई निषेधित क्षेत्र तोकिएको हो । यसअघि थप भएको समयावधि आज राती १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ७ दिनको समयावधि थपेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीभरि अत्यावश्यक अत्यावश्यक सेवा र कामबाहेक हिडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको हो ।
प्रजिअ पोखरेलले प्रशासनले आफ्नो ठाउँबाट सक्दो मानिसहरुको आवतजावतलाई रोक्ने काम भइरहेको बताए । ‘हामीले निषेधित क्षेत्र घोषणा गर्दै आमजनतालाई अनुरोध गर्ने हो, हामीले हाम्रो ठाउँबाट सक्दो रोकेका छौं,’प्रजिअ पोखरेलले भने,‘जिल्लाको सिमा क्षेत्रमा कडाई गरेका छौं, अलिअलि गतिविधि भएको पनि सुनेका छौं, तर हाम्रो ठाउँबाट सक्दो रोकेका छौं ।’

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



