धरान: नर्मल डेलिभरी गराउदाको औषधी बिलमा धरान १८ स्थित मिथिला मेडिकल हलले व्यापक ठगी गरेको प्रमाणित भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले औषधीको बिल बढाएर ठगी गरेको समाचार क्लिक धरानले प्रकाशित गरेको थियो । सोही बिषयमा औषधी व्यवसायी संघ ईकाई कमिटि धरानले कोषाध्यक्ष लक्ष्मण खड्का संयोजक रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले हिजो साँझ प्रतिवेदन बुझाएको ईकाईका अध्यक्ष मचेन लिम्बुले जानकारी दिए ।
प्रतिवेदन अनुसार मिथिला मेडिकलले औषधीको बिल बढाएर ठगी गरेको प्रमाणित भएको अध्यक्ष लिम्बुले बताए । ‘छानबिन समितिले रिपोर्ट दिएको छ, मिथिला मेडिकलले ठगी गरेको प्रमाणित भयो,’अध्यक्ष लिम्बुले भने,‘सल्लाह गरेर कारबाही गछौं ।’ उनका अनुसार नर्मल डेलिभरीमा एउटा मात्र सेरोलोजी किट प्रयोग भएको थियो, तर मिथिला मेडिकलले २ वटा बिलमा ५ वटा किटको बिल बनाएको पुष्टि भएको छ । एउटा किटको मुल्य १६ सय २० रुपैया छ । ‘ठगीबारे वडा कार्यालय, नगरपालिका र औषधी विभागसँग पनि समन्वय गरेर कारबाही प्रक्रियामा जान्छौं,’अध्यक्ष लिम्बुले भने,‘५, १० हजार जरिवाना गरेर मात्र छुट दिएर हुदैन ।’

सप्तरीको राजगढ गाउँपालिकाका शम्भुकुमार साहले भदौ ४ गते गर्भवती श्रीमति डेलिभरी गराउन वीपी प्रतिष्ठान ल्याएका थिए । उनको श्रीमतिको सोही राती बिहान करिब ३ बजेतिर नर्मल डेलिभरी भएको थियो । साहले मिथिला मेडिकलबाट औषधी लगेका थिए । करिब ४ घण्टाको बीचमा लगेको औषधीको बिल २१ हजार १ सय १४ थमाएपछि साह पीडित बनेका थिए । जबकी अन्य मेडिकल सञ्चालकहरुले नर्मल डेलिभरी गराउदा बढीमा ३ हजार मात्र खर्च हुदै दाबी गरेका छन् । ठगी भएको बिषयमा औषधी व्यवसायीहरुले छलफल गर्दा मिथिलाका सञ्चालक सञ्जयकुमार यादवले पीडित साहले तिर्न बाँकी रहेको ११ हजार छुट दिएर मिलाएका थिए ।
भिडियो:
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



